पाकिस्तानमा बम विस्फोट,पाँचकोे मृत्यु, पच्चीस जना घाइते

इस्लामाबाद, २७ साउन – पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार भएको बम विस्फोटनमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् । 

pakistan

कसलाई लक्षित गरी आक्रमण गरिएको थियो भन्ने कुराको अहिलेसम्म पनि एकिन नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । तर विष्फोटनमा परी मृत्यु हुनेहरू सवै जना पैदलयात्री रहेका बताइएको छ । 

सडकको छेउमा विस्फोटक पदार्थ राखेर रिमोर्ट मार्फत् लडाकूहरूले विस्फोटन गराएको स्थानीय राजनीतिक पदाधिकारीले जानकारी दिएका छन् । 

घाइते सवैलाई विभिन्न स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ भने घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ ।

विस्फोटनपछि घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । अहिले सम्म घटनाको कुनै पनि समुहले जिम्मेबारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण