कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले ग्राहकहरुमा पाउडर दूध किन्ने प्रवृत्ति बढ्दा किसानको दूध बिक्री हुन छोडेको बताएका छन् ।
मन्त्री खनालले उद्योगीले सस्तोमा पाउडर दूध किनेर किसानको कच्चा दूध नकिन्ने प्रवृत्ति बढाएको पाइएपछि केही समयका लागि पाउडर दूध आयात बन्द गर्न लागेको समेत जानकारी दिएका छन्।
सोमबार मन्त्रालयमा उद्योगी, किसान र नियमनकारी निकायहरुसंगको छलफलमा मन्त्री खनालले यस्तो बताएका हुन् ।
‘पाउडर दूध केही समयलाई आयात बन्द हुन्छ,’ उनले बैठकमा भने, ‘स्वदेशमै पाउडर उत्पादन गर्ने कारखानालाई सहुलियत दिइन्छ । म्याद गुज्रेर सिलबन्दीमा परेको पाउडरलाई माया मारौँ ।’
स्वदेशमा किसानले उचित बजार नपाएर सडकमा दुध खन्याउनुपर्ने बाध्यता छ तर ग्राहकमा भने बाहिरबाट आयातित पाउडरको दुध किन्ने प्रवृति बढिरहेको छ । डेरीले दूध किन्न छाडेपछि किसानले सडकमा दूध पोखेर विरोध जनाइरहेका छन् ।
भारतीय बजारमा पाउडर दूधको मूल्य धेरै घटेको छ । त्यसैले उद्योगीले किसानबाट कच्चा दूध नकिनेर पाउडर आयात बढाएका छन् ।
स्वदेशमै किसानहरुले उत्पादन गरेका दुग्धजन्य पदार्थको उपयोग गर्नुपर्नेमा मन्त्री खनालको जोड रहेको छ ।
उनले बाहिरबाट पाउडर दुध आयात बन्द गराई स्वदेशमै पाउडर दूध उत्पादनका लागि उद्योगलाई सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।
उनले पाउडर दूध उत्पादन गर्ने चितवन मिल्कलाई पुनः सञ्चालन गर्नुपर्ने बताएका छन् । त्यस्तै सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई पनि पाउडर दूध उत्पादनको क्षमता विस्तार गर्न मन्त्री खनालले निर्देशन दिएका छन् ।
केही दिन अगाडी मात्रै कृषिमन्त्री खनालले काठमाडौँका विभिन्न ठाउँमा म्याद गुज्रिएका पाउडर दुध बेच्ने दुग्ध उद्योगमा छापा मारेका थिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।