December 3, 2017

  पाँच करोड ठगी बैंक कर्मचारी दीपिका पक्राउ

मंसिर १७, 

 

 

कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् । विद्युतीय चेक क्लियरेन्स (इसिसी) गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब ४ करोड ९१ लाख आफ्नो र आफन्तको खातामा सारी ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १३ मंसिरमा पक्राउ गरेको हो । 

बैंककै कर्मचारी तथा रेग्मीका सहायक रमेशकुमार थापा र न्युरोडका एक सुनपसले प्रकाश घतानीलाई समेत उनलाई ठगी गर्न सघाएको आरोपमा सिआइबीले पक्राउ गरेको छ । उनीहरूलाई १४ मंसिरमा उच्च अदालत पाटनमा पेस गरिएको र अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको सिआइबीका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही हुनेछ ।

ठूला कर्मचारी संलग्न भएको आशंका, बैंककै लापरबाही
सहायक टेलरस्तरको कर्मचारीले चार महिनादेखि ठगी गरिरहँदा पनि बैंकले थाहा नपाउनु बैंकको लापरबाहीको हद भएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए । ‘यसमा बैंकको लापरबाही त छँदै छ, रेग्मीभन्दा माथिल्लोस्तरको कर्मचारीको पनि ठगीमा संलग्नता भएको आशंका गर्न सकिन्छ,’ ती अधिकारीले भने । १० लाखभन्दा माथिको कारोबारमा स्रोत खुलाउनुपर्ने व्यवस्था छ । 

गहना पसलेको खातामा १ करोड
रेग्मीले बैंकमार्फत हिनामिना गरेको रकम सुनचाँदीका गहना किन्न प्रयोग गर्ने गरेकी थिइन् । त्यो काममा न्युरोडमै दुर्गा ज्वेलर्स नामको सुन पसल चलाउने प्रकाश घतानीले साथ दिँदै आएका थिए । उनी घतानीको पसलबाट सुन र गरगहना उधारोमा लिन्थिन् र त्यसबापतको रकम चेकमार्फत भुक्तानी गरिदिन्थिन् । घतानीको खातामा मात्रै रेग्मीले एक करोड रुपैयाँ जम्मा गरेको सिआइबीका प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

यसरी पत्ता लाग्यो ठगी
कृषि विकास बैंककोे केन्द्रीय कार्यालयबाट हिसाब मिलान गर्दा हिसाब नमिलेपछि रेग्मीले गरिरहेको ठगीबारे पत्ता लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले बताए ।
‘उनले एउटै चेकबाट दोहोरो इन्ट्री गरेर रकम हिनामिना गर्ने गरेको देखिन्छ,’ सिटौलाले भने, ‘उनको आफ्नो र आफन्तको खातामा चेकमार्फत जम्मा भएको रकमको भौचरलगायत माग्यौँ, तर उनले त्यो दिन नसकेपछि ठगी भएको आशंकामा राष्ट्र बैंकमा खबर गर्‍यौँ ।’ कृषि विकास बैंकले यस विषयमा जानकारी गराएपछि राष्ट्र बैंकले सिआइबीलाई १२ मंसिरमा पत्र लेखी जाहेरी दर्ता गरेको थियो । त्यसको भोलिपल्टै सिआइबीले तीनजनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न