पहिलो प्रेमीसंग अहिले पनि कुराकानी हुन्छ- दीपाश्री निरौला

deepa-shree-niraula1-416x250काठमाडौं । हाँस्य कलाकारबाट निर्देशक बनेकी दीपा श्री निरौला र दीपकराज गिरीको प्रेमको चर्चा लामो समयदेखि चल्दै आएको छ । उनीहरुको विवाह कहिले हुन्छ भन्ने प्रश्नहरु पनि मिडियाले पटक पटक गरिरहेको छ । उनीहरुले भने आफूहरु सहयात्री र मिल्ने साथी भएको बताउँदै आएका छन् । दीपकसँग नाम जोडीएकी दीपाको अरु कसैसँग अफेयर भएका खबरहरु भने आएका छैनन् ।

प्रेमकै प्रसंगमा हालैमात्र दीपाले एक यु ट्युब च्यानलसँग कुराकानी गर्दै आफ्नो पहिलो प्रेम बारे खुलाएकी छिन् । दीपाको पहिलो प्रेम विराटनगरमा हुँदा नै परेको थियो रे । उनी भन्छिन्, “विराटनगरमा राम्रो प्रेम थियो तर सफल हुन सकेन । एक हिसाबले प्रेम सफल भएन दुर्भाग्य थियो र सौभाग्य के पनि भयो भने म प्रेममा अल्झेर उतै बसेको भए अहिले यो तामझाम, यो ख्याती प्राप्त गर्न सक्दिनथेँ होला ।”

पहिलो प्रेम सफल नभएपनि पहिलो प्रेमीसँग अहिले पनि कुराकानी हुने गरेको दीपा बताउँछिन् । कुराकानी गर्ने क्रममा पूर्व प्रेमीले अब तिमी विवाह गर सेटल हुनुपर्छ भन्ने कुराहरु गर्ने गरेको जानकारी पनि दिईन् । दीपाका प्रेमी पनि सेटल भईसकेका छन् । त्यसको जवाफमा दीपाले भने, अँ मैलै विवाह गरिनै सकेँ मेरो करिअरसँग भन्ने गर्छिन् रे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको