पहिलो खेलमा नेपाल बंगलादेशसँग ६–० ले पराजित

साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ  । आइतबार भएको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० ले पराजित भएको हो ।

156916810nepal-wm

ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा बंगलादेशविरुद्ध नेपाली निरिह देखियो  । नेपालले पहिलो हाफमै चार गोल खाएको थियो । दोस्रो हाफमा नेपालले दुई गोल खाएको थियो  । 

नेपालमाथि एकतर्फी जित निकाल्ने क्रममा बंगलादेशकी तोहुरा खातुनले ह्याट्रिक गरिन् । त्यस्तै अनुचिङ मोगिनीले दुई तथा मोनिका चक्माले एक गोल गरिन् । जितसँगै बंगलादेशले ३ अंक जोडेको छ । यो जितसँगै बंगलादेशले फाइनल चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यता, पहिलो खेलमा पराजित भएसँगै फाइनल चरण पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । अब नेपालले दोस्रो खेलमा मंगलबार भारतसँग खेल्नेछ । त्यस्तै नेपालले अन्तिम खेलमा भुटानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

आइतबार नै भएको च्याम्पियनसिपको उद्घाटन खेलमा भारतले जित निकालेको छ । भारतले भुटानलाई ३–० ले पराजित गर्दै विजय सुरुवात गरेको हो  । 

दक्षिण एसियाका चार राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान रहेका छन् । राउण्ड रोबिन लिगका आधारमा हुने च्याम्पियनसिपको शिर्ष दुई टोलिले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल पुस ९ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति