October 16, 2019

पहिला सामाजिक सञ्जालका कारण करिअर छाडिन्, अन्ततः आत्महत्या गरिन्

दक्षिण कोरीयाको राजधानी सिओल नजिकै २५ वर्षीया के-पप स्टार सुली आफ्नै निवासमा मृत फेला परेकी छन् ।

पहिला सामाजिक सञ्जालका कारण करिअर छाडिन्, अन्ततः आत्महत्या गरिन्

सोमबार सुली आफ्नै निवासमा मृत भेटिएकी थिइन् । हाल उनको मृत्यु हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट सुलीले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

सुलीको निधनले उनका फ्यानहरु स्तब्ध बनेका छन् । यसअघि सामाजिक सञ्जालमा अभद्र व्यवहार र टिप्पणी आएपछि के-पपबाट टाढिएकी थिइन् । सुलीकी साथी जोध्युनले समेत आत्महत्या गरेकी थिइन् । जोध्युनको अन्तिम संस्कारमा समेत सुली सहभागी भएकी थिइन् ।

को हुन् सुली ? 

सुलीको वास्तविक नाम चोइ जिङ री हो । सन् १९९४ मा दक्षिण कोरियाको बुसान शहरमा उनको जन्म भएको थियो । उनले सुरुमा बाल कलाकारबाट आफ्नो क्यारिअर सुरु गरेकी थिइन् । पछि गायिका, गीतकार, नायिका र मोडेल बनेर ख्याति कमाएकी थिइन् ।

इन्स्टाग्राममा ५० लाख बढी फलोअर्स भएकी सुलीले सन् २०१५ मा एफएक्स ब्याण्ड छोडेकी थिइन् । उनले अभिनय क्षेत्रमा प्रवेश गरेपछि उक्त ब्यान्ड छोडेकी थिइन् ।

सामाजिक सञ्जाल र अनलाइनमा व्यापक आलोचना, टिप्पणी र अभद्र व्यवहार सामना गरेपछि सुली सांगीतिक क्षेत्रबाट टाढिँदै गएको कतिपयको बुझाइ छ ।

दक्षिण कोरियामा पप स्टारलाई आइडल मानिन्छ । सुली भने ‘नो ब्रा’ अभियानका कारण पटक-पटक विवादमा तानिएकी थिइन् । ब्रा नै नलगाइ उनले कैयौं तस्बिर खिचाएपछि उनका आलोचकहरु बढेका थिए ।

सुलीको पहिलो फोटो सन् २०१६ को मे महिनामा इन्स्टाग्राममा प्रकाशित भएको थियो । उक्त फोटोका कारण उनले अत्यधिक आलोचना खेप्नु परेको थियो । अघिल्लो महिना इन्स्टाग्राममा लाईभ स्ट्रिममा उनले स्तन दुर्घटनावश देखिएको थियो । यसले समेत दक्षिण कोरियाभर विवाद निम्त्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको