परिमार्जनसहित पारित भयो ओली–प्रचण्डको प्रतिवेदन

 

नेकपा बैठकः सांगठनिक एकताका लागि ८ सदस्यीय कार्यदल

पुस १३, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेको राजनीतिक–सांगठनिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

अध्यक्षद्वय ओली र दाहालले पेश गरेको प्रतिवेदन शुक्रबार बिहान बसेको बैठकले परिमार्जनसहित पारित गरेको हो । परिमार्जित प्रतिवेदनमा स्थायी समितिका सदस्यहरुले व्यक्त गरेका सल्लाह सुझाव र विचारलाई समेटिने बताइएको छ ।

मंसिर २९ गतेबाट सुरु भएको स्थायी समितको बैठकमा बिहीबार प्रधानमन्त्रीले सदस्यहरुले उठाएका पार्टी एकता टुंगो लगाउन नसकेको तथा जनअपेक्षा अनुसार काम नभएको लगायतका प्रश्नमाथि जवाफ पेश गरेका थिए । परिमार्जनसहित पारित प्रतिवेदनमा कुन–कुन विचार समेट्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।

त्यस्तै बैठकले संगठनात्मक एकताबारे गृहकार्य गर्न ८ सदस्यीय कार्यदल गठन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कार्यदलमा महासचिव बिष्णु पौडेल, रामबहादुर थापा, शंकर पोखरेल, बर्षमान पुन, योगेश भट्टराई लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भूषाल छन्। कार्यदलले पुस मसान्तभित्र पार्टीको साांगठनिक एकिकरणको काम सम्पन्न गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने