पत्रकार अनुजमाथि गोली प्रहार

याँदिल्ली, २६ चैत : भारतको राजधानी नयाँ दिल्ली नजिकै आइतबार साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ । भारतको राजधानीनजिकै रहेको उनको घरभित्र नै उनीमाथि गोली प्रहार भएको र उनी गम्भीर घाइते भएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ

नयाँ दिल्लीको बाहिरी इलाकामा अवस्थित उत्तर प्रदेशको घाजीयावाद रेहेको पत्रकार अनुज चौथरीको घरमा नै आइतबार साँझ गोली प्रहार गरिएको छ । अनुज हिन्दी न्युज टेलिभिजन च्यानलमा कार्यरत रहेका जनाइएको छ ।

आइतबार साँझ मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले अनुजको पेट र दाँहिने हातमा गोली प्रहार गरेका थिए । उनको हाल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

अनुज साहारा समय भन्ने हिन्दी टेलिभिजन न्युज च्यानलमा कार्यरत छन् । पत्रकारमाथि भएको सो आक्रमणको अनुसन्धान जारी रहेको बताइएको छ । चौथरीका श्रीमती भारतको बहुजान समाज पार्टी (बिएसपी) का स्थानीय सदस्य हुन । उनले उत्तर प्रदेशस्थित लाखाैं तल्लो जाती दलितको समर्थनमा कार्य गर्दै आएकी बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण