न्याय परिषद नालायक भयो, तथ्यपूर्ण निर्णय नगरे बदनाम हुन्छ : अधिवक्ता बिडारी

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले न्याय परिषद नै नालायक भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँगको कुराकानीमा अधिवक्ता विडारीले प्रधानन्यायाधीशका शैक्षिक प्रमाणपत्रबारे नै विवाद आउनु दुखद भएको भन्दै न्याय परिषद नै नालायक भएको बताएका हुन् ।

कुराकानीमा उनले भने, “न्याय परिषद नालायक भयो । गोपाल पराजुलीको बेलामा पनि त्यस्तै भयो । न्याय परिषदमा जागीर खान मात्रै गएका छन् ।” उनले भने ।

भावी प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्र तथा आचरणबारे न्याय परिषदले बेलैमा ध्यान दिइ जति सक्दो चाँडो निर्णय हुनुपर्ने विडारीको तर्क छ ।

प्रधानन्यायाधीश नियुत्तिबारे अन्तिम निर्णय दिने अधिकार संसदीय समितिलाई हुने भएको भन्दै उनले विडारीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीमाथि लागेका आरोप पुष्टी हुने गरी तत्काल संसदीय सुनुवाई समितिले निर्णय गर्नुपर्ने बताए ।

सुनुवाई समितिलाई प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई अयोग्य ठहर गर्ने अधिकारसमेत रहेको उनको दाबी छ ।

“संसदीय सुनुवाई समितिको दुई तिहाई बहुमतले अस्विकार गर्न सक्छ । यो संवैधानिक व्यवस्था हो ।” विडारीले भने ।

जोशीको शैक्षिक प्रमाणपत्र नक्कली हो वा होइन भन्ने कुरा अनुसन्धान गरेर पत्ता लगाउनुपर्ने उनको तर्क छ । “समितिले जे जे काम गर्नुपर्ने हो त्यो सबै छिटो गर्नुपर्छ । प्रधानन्यायाधीशको बारेमा यति धेरै दिनसम्म अलमल गर्नुहुँदैन । किनकी प्रधानन्यायाधीश भनेको अत्यन्तै संवेदनशील पद हो ।” विडारीले भने ।

“अब सुनुवाई समितिले छिटो निर्णय गर्नुपर्यो । तथ्यपूर्ण गर्नुपर्यो । यति गर्न सकेन भने सुनुवाई समिति पनि ठूलो बदनाम हुन जान्छ ।” विडारीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक