पशुपतिमा नैतिक पतन भएका नांगा बाबाको लिंग ढोग्न मरिहत्ते गर्ने नारीको चर्तिकला

 imagesnanga-baba
काठमाडौं, हिन्दु धर्म हो वा होइन भन्ने विषयमा भारतको उच्च अदालतले विषय प्रवेशै नगरि हिन्दु जीवन पद्धति भएको फैसला गर्यो । हिन्दुलाई धर्मकै रुपमा व्याख्या गर्नेहरुले पनि यसलाई संसारको उदार धर्म भनेर तर्क गर्छन ।

यसमा कुनै अनिवार्य र अपरिहार्य फ्रेम छैन । हिन्दु ग्रन्थमा मनु स्मृतिले वर्णाश्रम व्यवस्थालाई वढी जोड दिएको छ । गरुढ पुराण र स्वस्थानीले महिलाहरुलाई होच्याएको आभाष हुन्छ । महाभारत र रामायण लडाई र सत्यको पक्षमा उभिएका शास्त्रहरु हुन् ।mHhd9JXp9cy9wiwmR91ruNQwNRyaSixak1utSQjzdzcNM-v2gHt0f4kGCT4gYUOIxxo=h900

चारवाक लगायत केहि ग्रन्थ उपदेशमुलक आदर्शवादी दर्शनमा आधारित छन् भने गिताले मानिसलाई लोभ,ईष्र्या,डाह र शक्तिको रागबाट विमुख गरि निष्ठामै केन्द्रीत गर्ने कोशिस गर्छ ।बेदभित्र विज्ञान, साहित्य, ब्रह्रमाण्डिय रहस्य, दर्शन, प्रशासन,राज्यसञ्चालनका विधि, पद्धति, आर्थिक ढाँचा लगायतलाई छुने कोशिस गरिएको छ ।

बेद हिन्दु धर्म, जीवन पद्धति, पूर्वीय दर्शन,पूर्वीय सभ्यता अझ भनौं हिन्दुज र इन्डुज सभ्यता एवं सँस्कृतिसंग जोडिएको एक ग्रन्थ हो । पूर्वीय दर्शन, इतिहास,सभ्यता र जीवन पद्धतिको खोज एक महत्वपूर्ण पक्ष होला त्यो अर्को पाटो हो ।

तर मानव समाज सभ्यता र कानुनको जगमा जहाँ उभिएको छ त्यहाँ केहि वाञ्छित र अवाञ्छित आचरणहरु समाज सञ्चालनका मुख्य पहलुभित्र पर्दछन् । संविधान र कानुनका अतिरिक्त सामाजिक संरचनाको सन्तुलन, विकास र रक्षाका लागि आचरणहरु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छन् ।naga-1

धर्म सँस्कार, सँस्कृति र सभ्यता भित्र रहेका केहि अन्धविश्वास, कुरिती, भद्दा र गतिछाडा परम्परागत कुसँस्कार छन भने त्यसलाई परिष्कृत गर्न नसक्ने वा नचाहने मानव समाज फगत निकम्मा समुदाय हो । पशुपतिका दृष्यहरुले त्यहि संकेत गर्छन ।शिवरात्रीको दर्शनमा नांगा बावाहरुको लिंग ढोग्ने हो भने संसारमा यसभन्दा जड, रुढ, हाँस्यास्पद र लजास्पद दृष्य सायद अरु केहि हुनसक्दैन ।

१८ औं शताव्दीमा युरोपमा चर्चभित्र पादरीहरुको यहि मनपरितन्त्रले वेचैन भएका कार्लमाक्र्सले धर्म अफिम हो भन्ने टिप्पणी गरेका थिए पशुपतिका नांगा बावाले लिंगमा घण्ट झुण्ड्याउने र त्यहि ढोग्न लाम लाग्ने महिला पुरुषहरुको हविगत हेर्दा त्यो टिप्पणी नेपालको हकमा पनि सत्यको नजिक छ भन्ने आभाष हुन्छ ।

पशुपतिका नांगा बावाहरुको नग्न प्रदर्शन नेपाली समाज सुहाउँदो हर्कत होइन । या त ति वावाहरु मानसिक रोगी हुन् वा गंभिर नैतिक पतन भएर जेलहाल्न योग्य व्यक्तिहरु हुन् । गाँजाको तालमा समाजको मजाक उडाउने गरि निर्वस्त्र हिड्ने उनीहरुको पशुवत शैलि पशुपतिको मन्दिर र दर्शनार्थिकै लागि मजाकको विषय हो ।

 

हेर्नुहोस् भिडियो भारतमा कसरी लखेटेका छन् नांगाबाबा भनाउँदा अश्लिल हर्कत  गर्दै हिड्ने जोगीलाई

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित

पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

 फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत