नेविसंघ अध्यक्ष महरसहित ६ जना पक्राउ

 माघ २२ , काठमाडौं : सरकारविरुद्ध प्रदर्शन गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो मीनभवन अगाडि नेविसंघले गरिरहेको सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले पक्राउ गरेको हो । 

पोखरामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुलाई विना सर्त रिहाइको माग गर्दै निकालिएको र्यालीबाट अध्यक्ष महर, उपाध्यक्ष नवीन राईसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । उनका अनुसार पक्राउ गरिएकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ । 

माघ १९ गते शनिबार सरकारी सवारी साधनको आवतजावतमा अवरोध पुर्याउने नेविसंघको आन्दोलनका क्रममा गाडीमा आगजनी भएपछि कास्की प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेका थियो । तर नेविसंघले उनीहरुमाथि प्रहरीले सरकारको ठाडो आदेशमा झुटा मुद्दा लगाएर फसाउन खोजेको दाबी गर्दै आन्दोलन घोषणा गरेको छ । 

आन्दोलन अन्तर्गत नेविसंघले भोलि गण्डकी प्रदेशमा सरकारी सवारीसाधन चल्न नदिने, माघ २४ गते पोखरामा वृहत् सभा गर्ने र माघ २५ गते देशभर सरकारी सवारी साधन चल्न नदिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक