२७ माघ , काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को वर्तमान कार्यसमिति भंग हुने भएको छ। नेविसंघको वर्तमान कार्यसमिति भंग गरी नयाँ तदर्थ समिति बनाउने विषयमा कांग्रेस केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ।
राजधानीमा जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा नेविसंघको वर्तमान कार्यसमिति भंग गरी नयाँ तदर्थ समिति बनाउने करिव करिव सहमति भएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
‘एक पटक म्याद थप गर्दासमेत वर्तमान कार्यसमितिले सक्रियता देखाउन नसकेपछि वर्तमान कार्यसमिति भंग गरी नयाँ तदर्थ समिति गठन गर्ने विषयमा छलफल भइरहेको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘नयाँ तदर्थ समिति गठन गर्ने विषयमा जारी केन्द्रीय समितिले निर्णय गर्ने छ।’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दैछ। केन्द्रीय कार्यसमिति बैठक अझै केही दिन लम्बिने संभावना छ।
त्रिभुवन विश्वविद्यालयले स्ववियू निर्वाचन फागुनमा गर्ने गरी तयारी थालेको छ। यो विषयमा प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग पनि छलफल गरेका छन्। तर कांग्रेसले स्ववियू निर्वाचत तत्काल गर्न नहुने बताउँदै आएको छ। ‘स्ववियू निर्वाचन फागुनमा गर्ने पक्षमा कांग्रेस छैन,’ एक नेताले भने, ‘केही गरी निर्वाचन भयो नै भने पनि सबै क्याम्पसमा नेविसंघ तयारी अवस्थामा नै छ। वर्तमान कार्यसमिति भंग हुँदैमा खासै असर गर्दैन।’
स्रोतका अनुसार वर्तमान कार्यसमिति भंग गरी नयाँ तदर्थ समिति गठन गर्दा कही वर्तमान कार्यसमितिका र केही कार्यसमिति बाहिरका व्यक्तिलाई समावेश गरी सर्वस्वीकार्य तदर्थ समिति बनाइने भएको छ।
नेविसंघ म्याद सकिएको र नयाँ निर्णय नभएको संक्रमणको अवस्थामा रहेको छ। संघका अध्यक्ष नैनसिंह महरलाई नै समस्यामा पार्ने गरी नेविसंघका विभिन्न गुटहरु यतिबेला आफू अनुकुल निर्णय गराउन कसरतमा लागेका छन्।
यही कसरतअनुसार सहमहामन्त्री प्रेमराज जोशीलगायत देउवा पक्षीय पदाधिकारीहरुले सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाए भने त्यसको काउन्टरमा पौडेल पक्षीय पदाधिकारीहरुले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राजीनामा बुझाए। पार्टीका नेताहरुलाई राजीनामा बुझाएपछि अध्यक्ष नैनसिंह महरले आफूलाई राजीनामा बुझाए स्वीकृत गरिदिने बताएपछि हाललाई राजीनामाको चक्कर बन्द भएको छ।
नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाले वर्तमान कार्य समितिले नै महाधिवेशन गर्नुपर्ने बताइन्। उनले भनिन्, ‘नेविसंघको भविष्यबारे पार्टीले के निर्णय गर्छ हेर्न बाँकी छ, हामी यही समितिबाटै महाधिवेशन हुनुपर्ने पक्षमा छौं।’
उनले वर्तमान कार्य समितिलाई हटाएर तदर्थ समिति बनाउने खेल भए त्यो नेविसंघ र काँग्रेसका लागि हितकर नहुने बताइन्। उनले भनिन्, ‘पहिला पनि तदर्थ समितिबाट ६र७ वर्ष नेविसंघ चल्यो, नेताहरुको अगाडि पछाडि लाग्नेहरुले पद ओगटे, यसले संगठनलाई फाइदा भएन, फेरि पनि तदर्थ समिति बनाइए हुने त्यस्तै हो, त्यसैले हामी महाधिवेशनकै पक्षमा छौं।’
तर, पार्टीले महाधिवेशनका लागि नेविसंघको वर्तमान कार्य समितिलाई दुई पटक समय दियो। नेविसंघले त्यसको तयारी पनि शुरु गर्यो जाँगर नचलाएर। जाँगर नचलाउनुका पछाडि पार्टीले महाधिवेशन नचाहेको भन्ने बुझाइ छ, उपाध्यक्ष थपलियाको। उनले भनिन्, ‘सभापतिले चाहनु भयो भने त महाधिवेशन हुन सक्छ भन्ने तरुण दलको महाधिवेशनले देखाएको छ नि, उहाँले जसरी पनि महाधिवेशन गराउने वातावरण बनाउनु पर्छ।’
अहिले नेविसंघमा मुलतः तीन गुट छन्। पार्टी सभापति देउवा निकट गुट, वरिष्ठ नेता पौडल निकट गुट र नेता कृष्णप्रसाद सिटौला गुट।
सभापति देउवा निकटहरु अध्यक्ष महरबाहेकका पदाधिकारीहरुले वर्तमान कार्यसमितिलाई विस्थापन गरी महाधिवेशन गर्नुपर्ने पक्षमा छन्, यसको नेतृत्व सहमहामन्त्री प्रेमराज जोशीले गरिरहेका छन्।
किनकी हाल विधानमा व्वस्था भएको ३२ वर्षे उमेर हदअनुसार जोशी नै देउवा समूहबाट अध्यक्षको लाइनमा छन्। उनी जति सक्यो छिटो महाधिवेशन गर्नुपर्ने र त्यसका लागि महरबाट महाधिवेशन हुन नसक्ने निश्कर्षमा पुगेको एक विद्यार्थी नेता बताउँछन्। त्यसैले उनले राजीनमाको घुर्की लगाएका हुन्।
यता महामन्त्री कुन्दन काफ्लेले सिटौला समूहको नेतृत्व गर्छन्, नेविसंघमा। उनी वर्तमान कार्य समितिबाटै महाधिवेशन गराउनुपर्ने पक्षमा छन्। तर, म्याद थप्नुपर्ने यो समूहको अडान छ।
पौडेल समूहका उपाध्यक्ष थपलियालगायतहरु यही समितिबाट महाधिवेशन गराउनुपर्ने पक्षमा छन्। तर, म्याद थप्न नहुने पक्षमा छन्।
पौडल म्याद नथप्ने र सिटौला म्याद थप्ने अडानमा कायम रहँदा सभापति देउवा भने अन्योलनमा छन्। आफ्नो गुटले महाधिवेशनमा हार्छकी भन्ने भयका कारण सभापति महाधिवेशनका पक्षमा नरहेको बुझाइ पौडल पक्षको छ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत