February 15, 2018

नेपाल र युएईले जिम्वाबेको टिकट काटे, उपाधिका लागि आज प्रतिस्पर्धा गर्ने

शीर्ष २ मा परेका नेपाल र यूएईबीच बिहीबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। खेल नामिबियाको एन्डरर्स मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।नेपालले ५ मध्ये ४ खेलमा जित निकाल्दै ८ अंक जोड्यो। पाँचौ खेलमा क्यानडालाई पराजित गरेको नेपालले पहिलो खेलमा नामिबिया, तेस्रो खेलमा युएई र चौथो खेलमा केन्यालाई हराएको थियो। दोस्रो खेलमा भने नेपाल ओमानसँग पराजित भएको थियो।

दोस्रो स्थानको युएईले ६ अंक जोड्यो। युएईले ६-६ अंक जोडेका तेस्रो स्थानको क्यानडा र चौथो स्थानको नामिबियालाई रनरेटपछि पारेको हो। पाँचौ स्थानमा रहेको ओमानले २ जित निकाल्दा केन्याले समूह चरणका पाँचै खेलमा हार बेहोर्यो।

शीर्ष २ मा स्थान बनाएसँगै नेपाल र युएईले आगामी महिना जिम्बाबेमा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान पक्का गरेका छन्। प्रतियोगिता ४ मार्चमा सुरु भएर २५ मार्चमा सकिनेछ।

छनोट प्रतियोगितामा १० टिमले भाग लिँदैछन्। १० मध्ये २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपमा छनोट हुनेछन्।

समूह विभाजन यस्तो छ : 
समूह ए – वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र डिभिजन २ को विजेता
समूह बी – अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङ र डिभिजन २ को उपविजेता

पहिलो चरणमा दुई समूहमा लिग खेल हुनेछ। दुवै समूहका शीर्ष ३–३ टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम विश्वकपमा छनोट हुनेछन्।

छनोट प्रतियोगिताको आधारमा ३ एसोसिएट टिमलाई एकदिवसीय टिमको मान्यता प्रदान गरिनेछ। विश्वक्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड,  हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३  टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति