नेपाल युएईसँग ५ रनले पराजित

७ मंसिर, काठमाडौं : आइसीसी महिला टि-२० विश्वकपका लागि एशियाली क्षेत्रको छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली टोली युएईसँग ५ रनले पराजित भएको छ ।

 

Nepal-loses-to-Bangladesh-in-ACC-asia-cup

यसअघिका दुई खेल वर्षाले प्रभावित भएपछि नेपालले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग एक एक अंक बाँडेको थियो ।

थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा युएईले दिएको ८० रनको सामान्य लक्ष्य नेपालले भेट्टाउन सकेन । नेपाल १९.२ ओभरमा ७४ रनमै समेटियो ।

दोस्रो ओभरको चौथो बलमा ओपनर सीता रानामगरलाई ब्यक्तिगत ७ रनमा गुमाएको नेपालले त्यसको दुई बल पछि इन्दू बर्मालाई पनि गुमायो । उनले खाता खोल्नै सकिनन् । त्यस्तै तेस्रो ओभरमा नेरी थापा पनि खाता नखोली पेविलियन र्फकँदा नेपालले ११ रनमा ३ विकेट गुमाएको थियो ।

यतिमा मात्र नेपालको विकेट पतन रोकिएन । छैटौं ओभरको अन्तिम बलमा अर्की ओपनर ज्योति पाण्डे व्यक्तिगत १२ रन बनाएर आउट हुँदा नेपालको २७ रन भएको थियो । पाचौं विकेटका रुपमा काजल श्रेष्ठ व्यक्तिगत ८ रन बनाउँदा रनआउटको शिकार भइन् ।

१२औं ओभरमा नेपालले दुई विकेट गुमायो । पहिलो बलमा सीता रानामगर ५ र तेस्रो बलमा कप्तान रुविना क्षेत्री खाता नखोली आउट भए । करुणा भण्डारीले पनि ६ रनमात्र बनाउन सकिन् ।

नेपालका लागि रितु कनौजियाले सर्बाधिक २२ रनको अविजित योगदान गरिन् । नेपालले ११ अतिरिक्त रन पाएको थियो तर पनि जितका लागि पर्याप्त भएन ।

युएईका निशा अली र हुमारिया तस्निमले दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रन बनायो । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन ।

युएईका लागि नताशा चेरियथले सर्बाधिक २३, इशा रोहित ओजाले २२ र निशा अलीले १७ रन बनाए । अन्यको प्रदर्शन सन्तोषजनक थिए ।

नेपालका लागि कप्तान क्षेत्रीले ३ विकेट लिँदा रितुले २ तथा नेरी थापाले १ विकेट लिए ।

हारसँगै नेपालको लिगको शिर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको छ । अब नेपालले शुक्रबार मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति