नेपाल-बंगलादेश मैत्रीपूर्ण खेल आज हुँदै

nt

२७ असार , काठमाडौ । एएफसी यू-२३ च्याम्यियनसिप छनोटको तयारीमा रहेको नेपाली युवा फुटबल टोलीले मंगलबार बंगलादेशसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा हुने मैत्रीपूर्ण खेलमा नेपाली टोलीको लक्ष्य गल्ती सच्याएर उत्कृष्ट खेल खेल्ने रहेको टोलीका प्रशिक्षक राजुकाजी शाक्यले बताए ।
‘हाम्रो लागि बंगलादेशसँग खेल्न पाउनु खुसीको कुरा हो । दक्षिण एसियामा हामी दुवैको स्तर उस्तै छ । खेलाडीले घाइते नहुने हिसाबले खेल्नेछन् ।

छनोट खेल महत्वपूर्ण भएकोले मैत्री खेललाई त्यति ध्यान दिएका छैनौं । खेलाडीले छनोट च्याम्पियनसिपकै स्तरमा खेल पस्कनेमा म विश्वस्त छु । हाम्रो तयारी पनि राम्रो छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा शाक्यले भने । नेपाली टोलीमा अधिकांश खेलाडी अनुभवी रहेकोले मैत्री खेलमात्र नभएर नेपालले यू- २३ च्याम्पियनसिपको छनोट खेलमा पनि उत्कृष्ट खेल खेल्ने शाक्यले बताए ।

नेपाली टोलीका कप्तान विमल घर्तीमगरले टोलीको युनिटी बलियो भएकाले बंगलादेशविरुद्ध आक्रामक खेल खेल्ने बताए । ‘हामी प्रायः यू-१९ देखि खेल्दै आएका धेरै खेलाडी छौं । यसले पनि हामीलाई फाइदा भएको छ । बंगलादेशसँगको खेल गल्ती सच्याउने राम्रो मौका हो । कप्तानको रूपमा यूएईमा गएर टोलीलाई छनोट गराउने लक्ष्य छ,’ विमलले भने ।

यसैगरी बंगलादेशका अस्ट्रेलियाली प्रशिक्षक एन्ड्रयु अर्डले टोलीले दुई हप्तामात्र तयारी गरेर नेपाल आएको बताए । ‘रमदानका कारण खेलाडीले तयारी राम्रो हुन सकेको छैन । ‘छनोट अगाडि मैत्रीपूर्ण खेल खेल्न पाउनु दुवै टोलीका लागि खुसीको कुरा हो । हामीले घाँसेमैदानमा तयारी गरेकाले एस्ट्रो टर्फमा खेलाडी त्यति अभ्यस्त नहोलान् भन्ने डर छ । नेपाल अहिले धेरै राम्रो छ । मैले यसअघि नेपालले भारत र यमनसँग खेलेको मैत्रीपूर्ण खेल पनि हेरेको थिए । घरेलु मैदान नेपालका लागि अर्को बलियो पाटो हो । तर पनि हामी जित्ने हिसाबले खेल्ने छौं ।

एसियामा नेपाल र बंगलादेशको फुटबल स्तर उस्तै हो,’ अर्डले भने ।बंगलादेशका कप्तान कप्तान सोहल रानाले दुवै टोलीको स्तर उस्तै भएकोले नतिजाबारे भन्न नसकिने बताए । ‘हाम्रो टालीमा धेरै परिवर्तन भएको छ । युवा खेलाडीको बाहुल्य रहे पनि हामी राम्रो खेल्ने प्रयास गर्नेछौं । नेपाली टोलीमा नियमित खेलाडी धेरै छन् । हाम्रोमा तीनजना मात्र पुराना खेलाडी छन् । दुवै टोली उस्तै रहेकाले खेल प्रतिस्पर्धात्मक हुनेछ,’ रानाले भने । नेपाल र बंगलादेशको यू-२३ टोली पछिल्लो पटक भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा भिडेका थिए ।

समूह चरणको खेलमा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित भएको थियो ।
संयुक्त अरब इमिरेटेस (यूएई) मा असार ३१ देखि साउन ४ गतेसम्म सञ्चालन हुने एएफसी यू-२३ च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा आयोजक यूएई, उज्बेकिस्तान र लेबनान रहेका छन् । समूहको पहिलो खेल नेपालले असार ३१ गते यूएईसँग खेल्नेछ । नेपालले दोस्रो खेल साउन २ गते उज्बेकिस्तान र अन्तिम खेल साउन ४ गते लेबनानसँग खेल्नेछ । यसैगरी बंगलादेश समूह ‘ई’ मा रहेको छ । बंगलादेशको समूहमा जोर्डन, ताजिकिस्तान र प्यालेस्टाइन रहेका छन् । नेपाल र बंगलादेशविच मंगलबार हुने खेलको एपिवाच एच डी च्यानलले प्रत्यक्ष प्रशारण गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति