नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ पुस्तक प्रदर्शनी

 काठमाडौँ, असोज ७ । नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शनीमा अहिलेसम्म करीब रु चार लाखको पुस्तक बिक्री भएको छ ।गत भदौ १९ देखि यही असोज १९ गतेसम्म प्रतिष्ठानको परिसरमा सञ्चालन गरिएको उक्त प्रदर्शनीमा प्रतिष्ठानद्वारा विभिन्न समयमा प्रकाशित पुस्तक बिक्री भएको हो । प्रदर्शनीमा दर्शन, इतिहास, कथा, निबन्ध, कविता, ज्योतिष, गणित, धार्मिकलगायत विधाका करीब ४०० प्रकारका पुस्तक समावेश गरिएको छ । प्रतिष्ठानले विभिन्न लेखकका राम्रा कृतिलाई पछिल्लो समयमा अङ्ग्रेजीमा अनुवाद गरेर बिक्रीका लागिसमेत राखेको छ ।

नेपाली, संस्कृत, अङ्ग्रेजी भाषामा पुराना र नयाँ पुस्तक प्रदर्शनीमा समावेश गरिएका कारण त्यसको अध्ययनमा अभिरुचि राख्ने विभिन्न उमेर समूहका पाठकले आफूलाई चाहिएको विषयवस्तुका पुस्तकबारे जानकारी लिने र खरीद गर्ने गरेको पाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका विभिन्न कृति, राष्ट्रकवि माधवप्रसाद घिमिरेका कृति, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका कृति, ‘सार्क मुलुकका महिला लेखिकाको कथा’ले अधिकांश पाठकलाई आकर्षित गरेको पाइएको छ ।

प्रतिष्ठानले प्रकाशनमा ल्याएको बृहद् शब्दकोशमा रहेका शब्द र अर्थलाई अङ्गेजीमा अनुवाद गरिएको प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशसमेत बिक्रीका लागि राखिएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिए । स्वदेशी तथा विदेशी ख्यातिप्राप्त साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद गरेर देश विदेशमा प्रवद्र्धन  गर्ने नीति प्रतिष्ठानले लिएको छ । प्रतिष्ठानले त्यहाँ राखिएका विभिन्न पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी