February 15, 2018

नेपाल डिभिजन टूको उपविजेता

 

 फागुन ३, काठमाडाैं । नामिबियामा जारी आइसिसि विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा नेपाल युएर्इसँग पराजित भएकाे छ । अाज भएकाे फाइनल खेलमा युएर्इसँग नेपाल सात रनले पराजित भएकाे हाे । नेपालका मध्यक्रमका ब्याट्सम्यानकाे फितलाे प्रदर्शनका कारण नेपाल पराजित हुन पुगेकाे हाे ।  निर्धारित ५० अाेभरकाे खेलमा युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै २७० रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान पारस खड्काले ११२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। खड्काले १०३ बलमा ८ छक्का र ३ चौकासहित ११२ रन बनाएका थिए । उनले अन्तिम ओभरमा तीन छक्का हानेका थिए । दीपेन्द्र सिंह ऐरीले ३५, सरद भेषवाकरले ३० तथा ज्ञानेन्द्र मल्लले २४ रनको योगदान दिए।

यस अघि टस जितेर ब्याटिङमा उत्रिएको युएईले २७८ रनको लक्ष्य दिएको थियो । ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर २७७ रन बनाएको थियो ।

नामिबियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा टस जितेको युएईले राम्रो सुरुवात गरेको थियो। पहिलो विकेटको लागि १ सय ९ रनको साझेदारी गरेको युएईका ओपनर तथा कप्तान रोहान मुस्ताफालाई ५१ रनमा आउट भएपछि नेपालले पहिलो विकेट हात पारेको थियो।

नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाएका थिए। मुस्ताफाले ७४ बल खेल्दा ७ चौका प्रहार गरेका थिए । अस्फाक र घुलाम साबेरले बलियो साझेदारी गर्दै टिमको स्कोर १५० रन कटाए। युएईको स्कोर १६३ रन हुँदा नेपालले दोस्रो विकेट लियो। उसका घुलाम सब्बेर १८ रनमा रनआउट भए । करन केसीको बलमा लामिछानेले थ्रो गर्दै उनलाई रनआउट गराएका थिए।

युएईको स्कोर २११ रन हुँदा सन्दिपले अस्फाकलाई सिकार बनाएका थिए । शइमान अन्वार ४० रनमा आउट भएका थिए। उनलाई सोमपाल कामीले रोहित कुमार पौडेलबाट क्याच गराएका थिए। आउट हुनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए ।

युएर्इका लागि रमिद साहजादले ४६ बलमा नटआउट ४१ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट लिन सफल भएका थिए । सन्दीपले १० ओभरमा ३९ रन खर्चिदा बसन्तले समान ओभरमा ५३ रन खर्चिए। प्रतियोगितामा प्रत्येक खेलमा विकेट लिएका उनले १७ विकेट लिन सफल भए। उनी सर्वाधिक विकेट लिने खेलाडीको पहिलो स्थानमा छन्।

नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा भएको हो । यसअघि लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति