अषाढ २४,काठमाडौं : नेपालले एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता २०१९ को उपाधि जितेको छ । हङकङलाई फाइनल खेलमा ६ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि ओपनर रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ६.३ ओभरमा ५२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । रित १३ रन जोड्दै मोहमद हसन खानको बलमा बोल्ड भए ।
अर्का ओपनर पवन सर्राफ १२ औं ओभरको दोस्रो बलमा मोहमद हसनको एलबीडब्लु धरापमा परे । उनले ३६ बलको सामना गर्दै ३९ रन जोड्दा ५ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को ओभरमा खडक बोहोरा ८ रन जोड्दै क्याच आउट भए । कप्तान रोहितकुमार पौडेलले १२ रन जोड्दा भीम सार्की ८ रनमा नटआउट रहे । हङकङका लागि रौनक कपुरले २ तथा मोहमद हसन र मोहमद हसन खान १-१ विकेट हात पारे ।
त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङ ४३.१ ओभरमा अल आउट हुँदै ९५ रनमा समेटियो । हङकङका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालले पहिलो ओभरमै स्पिनर सागरलाई बलिङमा ल्याएको थियो । सागरले चौथो बलमै हङकङका ओपनर नसरुल्लाह रानालाई सुन्यमा पवन सरार्फबाट क्याच आउट गराए । सागरलेनै तेस्रो ओभरको दोस्रो बलमा राहुल शर्मालाई सुन्यमा विकेटकीपर हरि बहादुर चौहानबाट स्टमपिङ आउट गराए ।
सुरुवाती दुवै विकेट शुन्यमा गुमाएपनि तेस्रो विकेटका लागि अदित गोरवारा र कल्हण मार्कले तेस्रो विकेटका लागि २९ रनको साझेदारी गरे । यी दुईबीचको साझेदारी पनि सागर ढकालले १३ ओभरको पाँचौ बलमा मार्कलाई १९ रनमा एलबी डब्लू आउट गर्दै तोडे ।
उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यस्तै सागरले १५ ओभरको अन्तिम बलमा अरुष भागवतलाई शुन्यमा बोल्ड आउट गरे । त्यस्तै सागरले २३ ओभरको तेस्रो बलमा मेहरानलाई ४ रनमा स्टपपिङ आउट गराए । तिलकराज भण्डारीले २३ ओभरको दोस्रो बलमा सर्वाधिक रन बनाउने अदितलाई २४ रनमा कप्तान रोहित कुमार पौडेलबाट क्याच आउट गराए । उनले ७१ बलमा ४ चौका प्रहार गरे । कमलसिंह ऐरीले रौनक कपुरलाई १२ रनमा बोल्ड आउट गरे । मोहम्मद हसन ९ र अब्दुलले ७ रन जोडे ।
हङकङलाई सस्तैमा रोक्न स्पिनर सागर ढकालले १० ओभर सम्म ५ मेडन सहित १८ रन खर्चेर ५ विकेट लिए । कमलसिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन अर्चेर ३ विकेट लिए । तिलकराज भण्डारी र कुशल मल्लको नाममा समान १ विकेट रह्यो । कुशल मल्लले ८.१ ओभरमा ५ मेडन सहित ४ रन मात्रै खर्चे ।
पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का
मंसिर १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र
मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा