नेपाल एयरलाइन्सको लापरबाही, युएई उड्नुपर्ने विमान मलेसिया पुग्यो

सरकारको स्वामित्वको नेपाल एयरलाइन्सको चरम लापरबाही देखिएको छ । करिब ३७० यात्रुलाई प्रभावित पार्दै निगमले आफू खुसी निर्णय गरेर राज्यलाई आर्थिक नोक्सानी पुराएको छ । निगम व्यवस्थापनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दर्जनौं कर्मचारीले राजनीनामा दिइरहेएकै बेला एयरलाइन्सले राज्यलाई घाटा पुराएर निर्णय गरेको हो । एयरलाइन्सको विमान आइतबार राती संयुक्त अरब इमिएट्स (युएई) उड्नुपर्ने सेड्युल थियो । तर एकाएक निगम व्यवस्थापनले सो उडान रद्द गरेर सोमबार बिहान मलेसियाको राजधानी क्वालालम्पुरका लागि उडाए । यसले काठमाडौंबाट युएई जान लागेका २२० जना यात्रु र युएईबाट काठमाडौं आउन लागेका १५० यात्रु प्रभावित भएका छन् ।

उनीहरुलाई स्थानीय होटेलमा राखेर बस्ने खानेको व्यवस्था गर्दा राज्यलाई आर्थिक घाटा लागेको छ । आईएनजीओको मलेशियामा हुन लागेको कार्यक्रमका लागि दुबई उड्न लागेको विमानको तालिका रद्द गरेर मलेसियातर्फ उडाइएको हो । सो कार्यक्रममा भाग लिन निगमकै कर्पोरेट विभागका निर्देशक रवीन्द्र श्रेष्ठ र कर्म्शिलय विभागका निर्देशक गोपाल जोशी समेत ३५ जना मलेसिया पुगेका छन् ।

१ सय ५८ सिट क्षमताको न्यारो बडी एयर बस विमानमा आयोजक टोलीबाहेक अन्य ६५ जना गरी कुल १०२ जना टिकट काटेका थिए । यता युएई जान लागेका र काठमाडौं आउन लागेका स्थानीय होटेलमा राखिएको थियो । यसरी विमान तालिका अनुसार नउड्दा यात्रुको होटल शुल्क, अपरेशन चार्ज लगायत गरी निगमलाई करोडौंको नोक्सान हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने