नेपाली खेलाडी सम्मिलित टिमले जित्यो “मलेसियन प्रिमियर लिग” को उपाधि

मलेसियन प्रिमियर लिगमा नेपाली खेलाडी सागर पुन र आसिफ शेख सम्मिलित टिम क्वालालम्पुर च्याम्पियनले उपाधि जित्न सफल भएको छ ।

आइतबार भएको फाइनल खेलमा युनिभर्सिटी केबान्गसान मलेसियालाई ७ विकेटले पराजित गर्दै क्वालालम्पुरले मलेसियन प्रिमियर लिगको उपाधि जितेको हो । आसिफले २६ औँ ओभरको दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गर्दै जित दिलाएका हुन् ।

१०२ रनको सामान्य लक्ष्य क्वालालम्पुरले २५।३ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा गरेको हो । क्वालालम्पुरको जितमा कप्तान अहमद फैजले नटआउट ४५ रन बनाउँदा आसिफ शेख ३३ रनमा नटआउट रहे । ओपनर सागर पुनले १० रन जोडे ।

लिगमा नेपालका सागर पुनले दुई शतकसहित सर्वाधिक ४५२ रन बनाए । सागरले ९ विकेट समेत लिएका थिए ।

त्यसअघि युनिभर्सिटी केबान्गसानलाई क्वालालम्पुरले २६ ओभरमा १०१ रनमै अलआउट गरेको थियो । १० खेलबाट २१९ रन बनाएका आसिफ सर्वाधिक रन बनाउनेको सूचीको सातौँ स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति