नेपाली क्रिकेटर सन्दीप चम्किएपछी नेपालको जित, कप्तान पारसको अर्धशतक

Nepali-Cricket-Team

काठमाडौं, २० असोज । आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा नेपाल ८ विकेटले विजयी भएको छ ।

जीतका लागि कप्तान पारस खड्काले अर्धशतक जोडेका छन् । उनले ३७ बलमा २ छक्का र ५ चौकासहित ५२ रन जोडे ।

मलेसियाले नेपाललाई १०१ रनको लक्ष्य पछ्याएको नेपालका उपकप्तान पारस खड्काले २४ बल खेल्दा १ छक्का र २ चौकासहित २७ रनको योगदान दिए ।

ओपनरद्वय अनिल शाह १ रनमै आउट भएपछि नेपालमा दबावमा थियो । बिनोद भण्डारी १२ रन जोड्दै प्याभिलियन फर्किएपछि मैदानमा आएका कप्तान खड्का र उपकप्तान ज्ञानेन्द्र खड्काले पारी सम्हालिरहेका छन् ।अहिलेसम्म नेपालले १२ ओभर खेल्दा २ विकेट गुमाएर ९३ बल जोडेको छ ।बायोमास ओभल क्रिकेट मैदानमा केहि समय अघि भएको टसमा मलेसियाले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएर नेपाललाई बलिङको निम्ता दिएको थियो । मलेसियाले १९.३ ओभर खेल्दा अलआउट भएर १०० रन जोड्न सफल भएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट र सोमपाल कामीले ३ विकेट लिएर ह्याट्रिक गरेका छन् । सन्दीपले ४ ओभर खेल्दा २० रन दिएर ५ विकेट लिएका हुन् । सन्दीपले १४ ओभर २ बलमा सिजर्रल आइड्रस ० मा आउट गर्दै टी २० क्रिकेट करियरमा पहिलो पटक ५ विकेट लिएका हुन् । उनि टी २० क्रिकेटमा एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन् ।सोमपालले ३.३ ओभरमा १६ रन दिँदै ३ विकेट लिएर ह्याट्रिक गरेका हुन् भने कप्तान पारस खड्काले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति