नेपाली कराते खेलाडी गिनिस बुक अफ वल्र्ड रेकर्डमा

२४ असोज, क्यालिफोर्निया, अमेरिका । कराते खेलाडी उज्ज्वल ठकुरी गिनिस बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएका छन् ।

ठकुरीले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा पुरुषले अधिक वजन उठाउने विधामा ५० केजीको कीर्तिमान तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् ।

काठमाडौँमा ४२ वर्ष पहिला जन्मिएका ठकुरी अमेरिका १५ वर्ष अगाडि आएका थिए । कराते खेलमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जीत हासिल गरी विभिन्न पदक प्राप्त गरेका ठकुरीले वल्र्ड टाइटल बेल्ट, विश्व च्याम्पियन बेल्ट, दुई दुई राष्ट्रिय स्वर्ण पदक, अन्तर्राष्ट्रिय कप र अन्तर्राष्ट्रिय ट्रफीलगायत विविध विधामा स्वर्ण पदक जितेका छन् ।

त्यस्तै भ्यानडम शैलीमा विश्व च्याम्पियन वेल्र्ड र सर्टिफिकेटद्वारा कुरो बुशी विश्व च्याम्पियन खेलमा उनी नर्थ क्यारोलिनामा सम्मानित भएका थिए ।

करातेमा उनले आफ्नो पाँच किसिमको पृथक् विशेष आविष्कार गरेका थिए जसमा फाङ् काटा(अन्तरराष्ट्रिय अमेरिकन किक ) मा अन्तरराष्ट्रिय खेलमा स्वर्ण कप हात पारेका थिए । सोही खेलमा फाँग खुकुरी काटामा रजत पदक हात पारेका उनले अर्को आविष्कार फाङ ब्रेकिङमा विश्व वेल्र्ड उपाधि प्राप्त गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।