नेपालसंग मलेसिया ३३ रनले पराजित

 मंसिर ८,काठमाडौं : आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । छनोट अन्तर्गत शुक्रबार भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो  । 

861723460nepal-womens

थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको मलेसियाले पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ७५ बनाउन सक्यो ।  

मलेसियाको लागि एमिलिया एलीयानीले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सवुमनले उलेख्य रन जोड्न सकेनन् । त्यसबाहेक मलेसियाकी जयानी सायमीमीले अविजित १६ तथा  कप्तान  विनफ्रेड ड्यूराइजमले ११ रन बनाइन् । त्यस्तै जन्नादिहा हालिमले ८ रन जोड्दा क्रिस्टिना बरेट ६ रनमा आउट भइन् । नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् । त्यस्तै, सिता राना मगर, नेरी थापा, सोनु खड्का  र रिता कुमारी कनुजियाले समान एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले पूरै २० ओभरमा ६  विकेट गुमाएर १०८ रन बनाएको थियो । नेपालको लागि ओपनरद्वय सिता राना मगर र ज्योति पाण्डेले उत्कृष्ट पारी खेलेका थिए ।  पहिलो विकेटका लागि सिता र ज्योतिले ६६ रनको साझेदारी गरे । पहिलो विकेटका रुपमा सिता ३७ रनमा आउट भइन् भने ज्योति २१ रनमा आउट भइन् । 

सिता र ज्योति पेभेलियन फर्किएपछि आएका मध्यक्रमका ब्याट्सवुमनले उलेख्य रन जोड्न नसक्दा नेपालले उच्च स्कोर बनाउन सकेन । नेपालकी इन्दु बर्मा ६ रनमा अविजित रहँदा कप्तान रुबिना क्षेत्री पनि २ रनमा नटआउट रहिन्  । त्यसबाहेक नेपालकी काजल श्रेष्ठले १४ रन जोड्दा  रोमा थापाले ६, नेरी थापा ५ रन बनाँउदा रिता कुमारी कनुजिया १ रनमा पेभेलियन फर्किए । मलेसियाकी नुर एरिना नट्सया र  जन्नादिहा हालिमले समान दुई दुई विकेट लिए । 

यो जितसँगै नेपालले छनोटको शिर्ष दुई स्थानमा रहँदै नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा पुग्ने झिनो सम्भावना कायम राखेको छ । तर, नेपालको अर्को चरणको यात्रामा अन्य टोलीको नतिजामा भर पर्नुपर्ने भएको छ । अब नेपालले अन्तिम खेलमा आइतबार चीनसँग खेल्नेछ । 

बिहीबार भएको खेलमा युएईसँग ५ रनले पराजित भएपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बनेको थियो । त्यसअघि नेपालले आयोजक थाइल्याण्ड र हङकङसँग एक एक अंक बाँडेको थियो ।

छनोटमा नेपालले ४ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल अंक तालिकामा चौथो  स्थानमा छ ।  छनोटमा २ अंक जोडेको मलेसिया पाँचौं स्थानमा झरेको  छ ।  छनोटमा थाइल्याण्ड ७ अंकसहित शिर्ष स्थानमा रहँदा  हङकङ समान ५ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै  ४ अंक जोडेको युएई तेस्रो स्थानमा रहदा चीन अंकविहीन रहेर पुछारमा रहेको छ ।

राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोली आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफयर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति