March 10, 2018

नेपाललाई पाचौँ झड्का, दीपेन्द्र ३२ रनमा आउट

 फागुन २६

नेपाललाई पाचौँ झड्का, दीपेन्द्र ३२ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप छनोट क्रिकेटमा टस जितेर पहिले ब्याटिङ नेपालको पाचौ विकेट पतन भएको छ । नेपालका दीपन्द्रसिंह ऐरी ३२ रनमा आउट भएका हुन् ।

दीपेन्द्रलाई अफगानिस्तानका कप्तान राशिद खानले आउट गराएका हुन् । दीपेन्द्रले ३ चौका र एक छक्का प्रहार गरेका थिए । यसअघि रोहित कुमार पौडेल १ रनमा आउट भए ।

कप्तान पारस खड्का ७५ रनमा आउट भएका थिए । कप्तान पारस आउट भएसँगै नेपाल दबाबमा आएको थियो । उनले उत्कृष्ट प्रदर्शन गर्दै नेपाली इनिङ्स सम्हालेका थिए । उनले १० चौका र १ छक्काको मद्दतमा ७५ रन बनाएका हुन् ।

ज्ञानेन्द्र मल्ल २३ रनमा आउट भएका थिए । ज्ञानेन्द्रले ६९ बलको सामाना गर्दै मात्र २३ रन बनाए । अनिलकुमार शाह ७ रनमा आउट भएका थिए ।

अहिले नेपालको ३८ ओभरको खेल चलिरहंदा ५ विकेट गुमाएर १४९ रन भएको छ ।  सुपर सिक्समा पुग्नका लागि पनि आजको खेल जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति