स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित गरिने पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिएको जानकारी अनुसार थपिएका १ सय ८९ जनामा १ सय ८५ पुरुष र ४ महिला रहेका छन् ।
थपिएका संक्रमितहरुमा कपिलवस्तुमा १ सय ९ जना, दैलेखमा ११, दाङमा ५ जना, झापा र ललितपुरमा १/१ जना रहेका छ भने पहिलो पटक पूर्वी पहाडी जिल्ला संखुवासभामा पनि २ जनामा कोरोना संक्रमणको पुष्टि भएको हाे ।