March 8, 2019

नेपालमा तत्कालका लागि पानीजहाज ल्याउन कठिन

 फाल्गुन २४, काठमाडाैं – जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ । नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू यो निष्कर्षमा पुगेका हुन् । ‘खासगरी कोसी र गण्डक ब्यारेजभन्दा मुनि पानीको सतह न्यून भएका कारण नेपालभित्र तत्काल पानीजहाज सञ्चालन असम्भव देखिन्छ,’ स्थलगत अध्ययनमा सहभागी एक सदस्यले भने ।

कोसी र गण्डक ब्यारेजबाट अधिकांश पानी नहर हुँदै भारततर्फ नै लगिएको छ । त्यसकारण हिउँदमा त्यस क्षेत्रमा पानीको सतह एकदमै कम हुने गरेको छ । तर, पानीजहाजका लागि नदीमा पानी छाड्न भारत तयार नभएकाले मालबाहक पानीजहाज ल्याउन तत्काल सम्भव नदेखिएको उनको भनाइ छ । ‘पानीको सतह बढ्ने भएकाले बर्खामा भने पानीजहाज ल्याउन सकिएला,’ उनले भने, ‘तर, त्यो दिगो होइन ।’ 

भारतले हालै गण्डक र गंगाको संगमस्थल हाजीपुरसम्म ३ सय किलोमिटर जलमार्ग निर्माणको थालनी गरेको थियो । बघा नेपाल–भारत सिमानाको त्रिवेणीघाटको नजिक पर्छ । त्यो जलमार्गमा पनि ठूलो माल ढुवानीका लागि नभएर स्थानीय कृषिउपजलाई बजार पहुँच दिलाउने प्रयोजनका लागि भारतले निर्माण गरिरहेको ती सदस्यले बताए । त्यसो हुँदा अन्तर्रा्ष्ट्रिय व्यापारमा प्रयोग हुने कार्गो त्यसमार्फत आउने सम्भावना कम रहेको उनको भनाइ थियो । याे समाचार जनार्दन बराल र जीवन बस्नेतले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण