January 29, 2019

नेपालमा घटेन भ्रष्टाचार : स्कोर समान, वरीयतामा दुई स्थान तल

माघ १५,काठमाडौं – नेपालमा गत वर्षको तुलनामा भ्रष्टाचार नघटेको तथ्याङ्क सार्वजनिक भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा ३१ अंक मात्र पाएर नेपाल १२४औं स्थानमा परेको हो ।

१०० पूर्णाङ्कमा गतवर्ष पनि समान ३१ अंक प्राप्त गरेको नेपाल १२२ औं स्थानमा थियो । ट्रान्सपरेन्सीले १८० देशको अध्ययन गरी भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्क सार्वजनिक गरेको हो ।

कुल १०० मा ८८ अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने र १० अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुक बनेका छन् ।

दक्षिण एसियामा भूटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रहेको पाइएको छ । ६८ अंक प्राप्त गरेको भूटान २५ औं स्थानमा छ ।

यसैगरी ४१ अंक प्राप्त गरी भारत ७८औं स्थानमा, ३१ अंक प्राप्त गरी मालदिभ्स नेपालसँगै १२४औं स्थानमा, २६ अंक प्राप्त गरी बंगलादेश २६औं स्थानमा र १६ अंक प्राप्त गरी अफगानिस्तान १७२औं स्थानमा छन् ।

नेपालको उत्तरी छिमेकी मुलुक चीन भने ३९ अंक प्राप्त गरी ८७औं स्थानमा रहेको सूचकाङ्कमा उल्लेख छ ।

हेर्नुहोस्, विज्ञप्ति :

Transparency_bsniGyFYey

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा