नेपालबारे अमेरिकी राष्ट्रपतिको आपत्तिजनक टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे निकै आपत्तिजनक टिप्पणी गरेको उनकै सुरक्षा अधिकारीहरुले बताएका छन् । राष्ट्रिय सुरक्षाका विषयमा अमेरिकी कंग्रेसनल सुनुवाइमा यसै साता भएको छलफलमा अमेरिकी सुरक्षा एजेन्सीका प्रमुखहरुले ट्रम्पको अल्पज्ञानबारे बताएका हुन् । उनीहरुले ट्रम्पलाई नेपाल र भुटान स्वतन्त्र देश हुन् भन्ने थाहा नभएको बताएका हुन् । ‘टाइम’ म्यागजिनका बरिष्ठ पत्रकार जोन वाल्कटले यसबारे एक रिपोर्ट लेख्दै ट्रम्पको आपत्तिजनक टिप्पणीबारे खुलासा गरेका हुन् ।

us_president_thinks_nepal_and_bhutan_are_part_of_india3666

सुरक्षा अधिकारीहरुका अनुसार ट्रम्पले नेपाल र भुटानलाई भारतको एक भाग भनेका थिए । त्यतिबेला सुरक्षा अधिकारीहरुले राष्ट्रपति ट्रम्पलाई आफूहरुले हासिल गरेको जानकारीका विषयमा ब्रिफिङ गरिरहेका थिए । ब्रिफिङका क्रममा सुरक्षा अधिकारीले दक्षिण एशियाको नक्सा ल्याए । नक्सा देखेपछि ट्रम्पले आफूलाई नेपालबारे थाहा भएको र नेपाल भारतकै हिस्सा भएको भनेका थिए । ट्रम्पले नक्साका देखाउँदै भुटान पनि भारतकै हिस्सा भएको र आफूलाई भुटानबारे पनि थाहा भएको बताएका थिए । ट्रम्पको कुरा सुनेपछि सुरक्षा अधिकारीहरुले ट्रम्पलाई नेपाल र भुटानबारे बुझाउनुपरेको थियो । 

ट्रम्पले नेपाल र भुटानबारे यसरी टिप्पणी गरेको यो पहिलो पटक भने होइन । यसअघि गएको अगष्टमा समेत ट्रम्पले नेपाल र भुटानको नाम गलत उच्चारण गरेको अमेरिकी मिडियामा समाचार आएको थियो । भारतीय राष्ट्रपनि नरेन्द्र मोदी अमेरिका भ्रमणमा गएका बेला मोदीसँगको भेटमा दक्षिण एसियाबारे कुरा गर्दै ट्रम्पले नेपाललाई ‘निप्पल’ र बुटानलाई ‘बटन’ भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने