नेपालद्वारा यूएई ७ विकेटले पराजित

 

Image result for टी-२० महिला विश्वकप छनोट

फागुन १०, काठमाडौँ । आइसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा नेपालले यूएईलाई हराएको छ । थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रबार भएको समुह चरणको तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन जोड्दा काजल श्रेष्ठले १५ रन बनाइन भने सिता रानामगर ६ रनमा आउट भइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर ४१ रन मात्र जोड्न सक्यो ।

यूएईका लागि चामिनी सिनेविर्तनाले सर्वाधिक १३ रन जोडिन् भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेरी थापाले नेपालका लागि ४ विकेट लिइन् । नेरीले ३.३ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर ६ रनमात्रै खर्चिन्। यस्तै सिता रानामगर, कबिता कुँवर र सोनु खड्काले नेपालका लागि २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल