नेपालद्वारा चीन ५० रनले पराजित

मङ्सिर १०,काठमाडौं : आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । आइतबार भएको खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको हो ।

796375638nepal-womens-(2)

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चीन १८ ओभरमा २ बलमा अलआउट हुँदै ५२ रनमा समेटियो । नेपालको कसिलो बलिङमा चीनका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन् । 

प्रतियोगितामा कमजोर मानिएको चीनले सुरुवातदेखि नै खराब ब्याटिङ गरेको थियो । चीनले १० ओभरको समाप्तिमा ६ विकेट गुमाएर मात्र २५ रन बनाएको थियो । चीनका लागि हान लिलिले १५, कोयायुन झौले १० र जाङ याङलिङले ९ रन बनाए पनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । चीनलाई सस्तैमा समेट्न वुमन अफ दि म्याच बनेकी सबनम राई र  कप्तान रुविना क्षेत्रीले समान ३–३ विकेट लिए । त्यस्तै, सीता राना मगरले २ र करुणा भण्डारीले १ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०२ रन बनाएको थियो । चीनविरुद्ध नेपालले खराब सुरुवात गरेको थियो । नेपालले मात्र २० रन जोड्दा दुई ओपनर सीता राना मगर र ज्योती पाण्डेलाई गुमाएको थियो । सीता ४ रनमा आउट भइन् भने ज्योतीले ९ रन जोडिन् । तर, पुछारमा ब्याटिङ गर्न आएका नेपालकी कप्तान रुविना क्षेत्रीले अविजित १८ तथा मध्यक्रमकी ब्याट्सवुमन काजल श्रेष्ठले १६ र नेरी थापाले ११ रन बनाएपछि नेपालको सम्मानजनक स्कोर बनेको थियो । 

यस्तै, नेपालकी सरिता मगरले ८, इन्दु बर्मा र रिता कुमारी कनुजियाले समान ६–६ रन जोड्दा रोमा थापा ३ रनमा पेभेलियन फर्किइन् । करुणा भण्डारी २ रनमा अविजित रहिन् । 
चीनकी झाङ सियानसीले तीन तथा लि होई, मिंग्यु झू र हान लिलीले समान एक एक विकेट लिए । 

अन्तिम खेलमा चीनमाथि जित निकालेपनि नेपाल नेदरल्याण्डमा हुने विश्वकप छनोटको ग्लोबल छनोटमा पुग्न सकेन । अब नेपालले तेस्रो स्थानको लागि सोमबार हङकङसँग  खेल्नेछ । 

ग्लोबल छनोटमा पुग्न नेपाललाई छनोटको शिर्ष दुईमा पुग्नुपर्ने हुन्थ्यो । तर, छनोटमा नेपाल ६ अंक जोडेर तेस्रो स्थानमा मात्र उक्लन सक्यो  ।  आइतबार नै भएको खेलमा युएईले मलेसियालाई पराजित गरेपछि नेपालको शिर्ष दुईमा पुग्ने लक्ष्य सकिएको हो । नेपालले प्रतियोगिताको दुई खेलमा जित र एक हार बेहोर्दा दुई खेलमा अंक बाँडेको थियो  ।  

नेपालले पहिलो खेलमा आयोजक थाइल्याण्ड र दोस्रो खेलमा हङकङसँग एक एक अंक बाँडेको थियो । तेस्रो खेलमा युएईसँग ५ रनले पराजित  भएपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बनेको थियो । नेपालले शुक्रबार मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको थियो ।

छनोटमा युएईले ८ अंक जोडेर  समूहको दोस्रो स्थानमा रहेर ग्लोबल छनोटमा स्थान बनाएको छ। यस्तै, आयोजक थाइल्याण्ड पनि समूहको शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुगेको छ । ग्लोबल छनोटको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् । छनोटमा थाइल्याण्ड ९ अंकसहित शीर्ष स्थानमा रहँदा हङकङ ५ अंकसहित चौथो स्थानमा रहेको छ । छनोटमा २ अंक जोडेको मलेसिया पाँचौं स्थानमा छ भने सबै खेल गुमाएको चीन अन्तिम स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति