नेपालद्वारा केन्या ६ विकेटले पराजित

मङ्सिर १७,काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अन्तिम चरणको खेलको तयारीमा रहेको नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ । नेपालका लागि दिपेन्द्रसिंह ऐरी चम्किएपछि जित सम्भव भएको हो । 

6068866169

केन्याले दिएको १११ रनको सामान्य चुनौती नेपालले १९.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरे । उनले ४६ रन बनाए । ४ रनबाट अर्धशतक प्रहार गर्न चुकेका दिपेन्द्रले ३५ बलमा ७ चौका र एक प्रहार गरेका थिए । त्यस्तै, नेपालका लागि कप्तान शरद भेषवाकरले ३१ रनमा अविजित रहे । नेपालले खराब सुरुवात गरेको थियो । शून्य रन हुँदा नै पहिलो विकेटको रुपमा दिलिप नाथलाई गुमाएको नेपालले सागर पुनलाई ३ रन हुँदा गुमाएको थियो ।

नेपालका लागि यु–१९ का ब्याट्सम्यान अनिलकुमार शाहले उकास्ने प्रयास गरेका थिए । उनले १३ रन बनाए । 

केन्याका लागि नेल्सन ओधिम्बोले २ विकेट लिए । युएईको अबुधावीमा टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले धारिलो नेपाली खेलाडीको बलिङमा उच्च रन बनाउन सकेन । केन्याले ३२.२ ओभरमा सबै विकेटको क्षतिमा ११० रनमात्र बनाउन सक्यो । केन्याले उत्कृष्ट सुरुवात गरेको थियो । तर पहिलो विकेट पतनपछि भने एकपछि अर्को विकेट झरेको थियो । 

केन्यालाई सस्तैमा आउट गर्नका लागि नेपालका ललित भण्डारीले ४ आरिफ शेखले २ विकेट लिए । केन्याका रुसाद पटेलले २७ र एलेक्स ओबन्डाले २५ रन बनाएका थिए भने गुर्दिप सिंहले २२ रन बनाए ।

मंसिर २० गते बुधबार र २२ गते शुक्रबार युएईसँग शिख जायद क्रिकेट रंगशालामा नेपालले दुई खेल खेल्दैछ । नेपाल र युएईको लागि यो खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । विश्वकप छनोटमा पुग्न असफल यी दुई टिम यसअघि नै डिभिजन टु मा घुटुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति