नेपालको विकास कहिले हुन्छ :एडीबी उपाध्यक्ष

wencai-zhang-adb-vp८ फागुन, काठमाडौं । एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष वेनकाई झाङले पूर्वाधारमा नेपालको लगानी न्युन हुनु बिडम्बनापूर्ण रहेको बताएका छन् ।

काठमाडौंमा अाइतबारबाट सुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै झाङले नेपाले आफ्नो कुल गाह्रस्थ उत्पान (जिडिपी)को ४ प्रशितमात्रै रकम पूर्वाधार विकासमा खर्च भइरहेकाले विकासको गति सन्तोषजनक हुन नकसकेको औंल्याए ।

 

‘नेपालकै छिमेकी चीनले अहिले जिडिपीको २० प्रतिशत पूर्वाधार निर्माणमा खर्च गर्दैछ । मलेसियाले १० प्रतिशत लगाएको छ । तर, नेपाल अझै ५ प्रतिशतमा लैजान पनि अनाकानी गर्दैछ’ झाङले भने,’पूर्वाधारमा कम लगानी हुँदा अपेक्षित विकास कसरी प्राप्त हुनसक्छ ?’ झाङले भने ।

उनले नेपालले पूर्वाधारमा लगानी बढाउने बताएपनि परिणाम त्यअनुरुपको नदेखिएको सुनाए ।

‘विकासका लागि सरकारसँग खै त भिजन ? पहिला त भिजन नै हुनुपर्‍यो,’ झाङले भने ‘लगानीको वातावरण पनि त तयार हुन बाँकी छ । विदेशी पुँजी त पूर्वाधारका लागि वातावरण नबनेसम्म आउनै सक्दैन ।’

उनले नेपालमा पुँजीगत खर्च नै कम हुने कारण पनि समस्या बढेको बताए । साथै नेपालले पूर्वाधार बैंक बनाएर काम गर्नुपर्ने सुझाव दिए ।

‘विनियोजन भएको रकम पनि खर्च गर्न नसक्ने स्थितिमा सन् ०३०सम्मका लागि बनेको भिजन कसरी प्राप्त हुन्छ ?’ उपाध्यक्ष झाङले भने,’योजना बनाएर त्यसको कार्यान्वन गर्ने अवस्था नबनेसम्म पूर्वाधारको विकास सुस्त नै हुन्छ ।’

सचिव शर्मा भन्छन्ः सबै विदेश लागे

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शार्मले पुँजीमात्रै नभएर जनशक्ति अभावले पनि नेपाललाई सताएको बताए । उनले युवा पलायनले नेपाल प्रभावित बनेको भन्दै चिन्ता ब्यक्त गरे ।

‘हामीसँग पहिलो त दक्ष जनशक्ति कम छन् । भएकाहरुको गन्तब्य युरोप नै बन्यो । हामीले जनशक्ति विकासका गरेको लगानी पनि युरोपमा पुग्यो’ सचिव शर्माले भने ।

उनले नेपालका ४२ प्रतिशत नागरिक नगर क्षत्रेमा बस्ने भएपनि सोच ग्रामीण किसिमको हुँदा समस्या आएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले पूर्वाधारको विकासका लागि नै बैंकको चुक्ता पुँजी बढाइएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल