‘नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्ने कार्यकर्तालाई ठेगान लगाउनुपर्छ’

जेठ १२, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र असहयोग गर्ने कार्यकर्तालाई ठेगान नलगाई कांग्रेस बलियो हुन नसक्ने धारणा राखेका छन् ।

राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् ।

‘कांग्रेसको कार्यकर्ता हुँ भन्ने, तर अनुशासनमा नबस्ने । कुनै नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेहरुलाई ठेगान लगाउनै पर्छ । यीनीहरुलाई ठेगान नलगाए सम्म पार्टी बलियो हुन सक्दैन’, नेता सिंहले भने ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले पद ओगटेका व्यक्तिहरुले पार्टी र संगठनको काम झारा टारेजस्तो गरी गरिरहेको भन्दै असन्तुष्टि पाखे ।

पार्टीप्रति असन्तुष्टि पाखेका नेता सिंहले प्रधानमन्त्री र सरकारको पनि आलोचना गरे । प्रधानमन्त्री केपी शर्मा ओलीमा अहंकार बढेको आरोप लगाउँदै उनले भने, ‘प्रधानमन्त्रीमा दम्भ र अहंकार बढेको छ । संविधान केही होइन, अब म जे बोल्छु त्यही नै सबैले मान्नुपर्छ भने जस्तोगरी प्रस्तुत हुनु अशोभनीय छ ।’

प्रधानमन्त्री ओलीले आफूलाई नसच्याए जनतासँगको भावनात्मक सम्बन्ध टुट्ने र अहंकार पनि अन्त हुने उनले चेतावनीसमेत दिए ।

तत्कालीन सरकार वाइडबडी, ३३ किलो सुन प्रकरण, एनसेल लगायतका काण्डै काण्डमा फसेको भन्दै उनले सरकारबाट कुनै आश गर्न नसकिने स्पष्ट पार्दै अब सरकारको गतिविधिविरुद्ध सडकदेखि सदनसम्म सशक्त रुपमा उत्रिने बेला आएकाले एक भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक