सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको स्थायी समितिको बैठक ६ महिनापछि बसेको हो ।
बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवादका विषयमा छलफल हुनेछ । पार्टीभित्र संसदबाट पारित गर्न हुने वा नहुने विषयमा दुई धार देखिएकाले त्यसमा साझा धारणा बनाउन बैठक बोलाइएको हो ।
यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । लिखित भन्दा बुँदागत प्रतिवेदन पेश गर्ने तयारी छ ।
बैठकअघि छलफलको एजेण्डा भने स्थायी समितिका सदस्यहरूलाई जानकारी गराइएको थिएन ।
बैठकको सुरुमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयले मन्तव्य राख्ने कार्यसूचि रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । थापाका अनुसार सरकारको कामका सम्बन्धमा रोगको नियन्त्रण, रोकथाम र उपचारबारे, नेपालको सीमा, समस्या र समाधानबारे र अन्य विषयमा छलफल हुनेछ ।
तेस्रो एजेन्डामा पार्टी एकताका बाँकी कामहरु बारे छलफल हुने थापाले जनाए । चौथो एजेण्डाको रुपमा एमसिसीलाई राखिएको छ भने पाँचौं एजेण्डामा विविध रहेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।