June 26, 2020

नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्दै

एमसीसी परियोजना, सरकारको काम, रुकुम घटनालगायतका बारेमा छलफल गर्न सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

बैठकमा स्थायी कमिटीका सदस्यले यसअघि तय भएका एजेण्डाका बारेमा आआफ्नो धारणा राख्नेछन् । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्यगरी पार्टी सञ्चालनको बारेमा समीक्षा हुने र एमसीसीको बारेमा निर्णय हुने स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

अस्ति सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गरेका थिए । सम्वोधनको क्रममा अध्यक्ष प्रचण्डले आलोपालो रूपमा सरकार चलाउने सहमति छोडेर गल्ती गरेको टिप्पणी गरेका थिए भने अर्का अध्यक्ष ओलीले नेतृत्वलाई खुइल्याउने प्रवृत्ति पार्टीभित्र बढेको भन्दै असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने