नेकपा सचिबालयको बैठक सकियो, कंचनपुर घटनाको छानवीन गरि दोषीलाई कडा कार्बाही गर्ने निर्णय

नेकपामा_६६_जिल्लाको_भागबण्डा_मिल्यो__सूचीसहित_4232

भदौ ९, २०७५, काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर घटनामा शंकाको घेरामा रहेकालाई छानबिनको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुटारमा बसेको नेकपा सचिवालयको आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो । 

घटनामा दोषी ठहर भएकालाई कडा भन्दा कडा कारबाही गर्न पनि नेकपाले माग गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि झण्डै एक महिनादेखि कञ्चनपुर आन्दोलित छ । आन्दोलनकै क्रममा शुक्रबार गोली लागेर भीमदत्त नगरपालिका १८ सालघारीका सनी खुनाको मृतयु भएको छ । 

यतिखेर कंचनपुरका स्थानीयले नेपाल  सरकारले  उच्च स्तरीय छानबिन समिति   बनाई   निम्न मागलाई तत्काल  सम्बोधन गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन:
१. स्व. निर्मला पन्त घटनाको अनुसन्धानको छानबिनमा ‘कैफियत’ अवस्था सिर्जना गर्ने एसपी डिल्लीराज विष्टलाई पछि ठहरे बमोजिम हुने    गरि    निलम्बन गर्नुपर्ने । 
२. एसपी विष्टलाई घटना र अभियुक्तबारे धेरै जानकारी हुन सक्ने भएकाले एसपीमाथि नै केरकार गर्नुपर्ने  ।
३. स्थानीय स्तरमा आशंका गरिएका एसपीका छोरा र मेयरका भतिजालाई पनि पक्राउ गरेर छानबिन अगाडि बढाउनु पर्ने ।
४. घटनामा शंकास्पद र मतियार सबै व्यक्तिका कल डिजेल टेलिकमबाट मगाएर तत्काल अध्ययन र विश्लेषण गर्नुपर्ने ।
५. मृतकलाई सहिद घँषणा गरि मृतकका परिवारलाई उचित क्षेतिपुर्ती दिनुपर्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा