३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध चिकित्सकहरुले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय अवज्ञा गर्ने भएका छन् ।
नेेपाली काााङ्ग्रेस निकट िचकित्सक संघले डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार उदासिन भएको भन्दै आज आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । तर अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र राष्ट्रिय चिकित्सक संघले पत्रकार सम्मेलन गरेर स्वास्थ्य संस्था बन्द गर्ने निर्णयप्रति असहमति जनाएका छन् ।
डा. केसीसँग वार्ता सुरु भइसकेको अवस्थामा चिकित्सक संघ राजनीतिक पार्टीको गोटी बनेको तत्कालीन एमाले र माओवादीसम्वद्ध चिकित्सकहरुको संस्थाको आरोप छ ।