नेकपाले प्रदेश कमिटी टुङ्ग्यायो तर नाम सार्वजनिक गरेन

 काठमाडौँ , मंसिर १३ : बुधबार साँझ बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएपनि त्यसको नाम बिहीबार (१३ मंसिर) आधिकारिक रुपमा सार्वजनिक हुन सकेको छैन।

images_cms-image-000046995

तर केन्द्रीय नेताहरुसँग पहुँच भएका नेकपाका नेता–कार्यकर्ताहरुबाट प्रदेश कमिटीका सदस्यहरुको लिष्ट धमाधम बिहीबार बिहानैदेखि सार्वजनिक भइरहेको छ।

अहिलेसम्म सामाजिक सञ्जालमार्फत् प्रदेश-५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका प्रदेश कमिटीका सदस्यहरुको नाम सार्वजनिक भएको छ।

तर, स्रोतहरुले तिनै नामहरु अन्तिम नभएको र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले तिनलाई अन्तिम रुप दिन बाँकी रहेको बताएका छन्।

‘कार्यदलले सिफारिस गरेका नामहरु केन्द्रीय सचिवालयका सबै सदस्यलाई दिइएको थियो’ एक नेताले भने, ‘थपघट गर्ने क्रममा तिनलाई केरमेट गरिएको छ। अहिले अध्यक्षद्वयले तिनै केरमेट गरिएका नाम मिलाउँदै हुनुहुन्छ।’

‘बैठकले प्रदेश कमिटीलाई पूर्णता दिँदै प्रदेश कमिटीका सदस्यहरुको नाम टुङ्ग्याएपनि त्यसको अन्तिम रुप चाहिँ कसैसँग छैन’ ती नेताले थपे, ‘अध्यक्षद्वयले टुङ्ग्याएपछि मात्र ती नामले आधिकारिकता पाउँछन्।’

स्रोतका भनाईमा अध्यक्षद्वय ओली–प्रचण्डले आज साँझ वा भोलि विहानसम्ममा केरमेट गरिएका नामलाई साफी गर्नेछन्। त्यसपछि महासचिव बिष्णु पौडेलबाट आधिकारिक रुपमा प्रदेश कमिटीको नाम सार्वजनिक हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक