काठमाडौं, ३२ साउन । विभागीय भागवण्ड सकेपछि बस्न लागेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । जनवर्गीय र भातृसंगठनहरूको भागवण्डा नटुंगिएपछि शनिबारका लागि बोलाइएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आइतवारसम्मका लागि स्थगित गरिएको हो।
एकताको अन्तिम काम टुंग्याउन शनिबार ४ बजेका लागि सचिवालय बैठक बोलाइएको थियो। तर तयारी नपुगेपछि बैठक आइतबार मात्रै बस्ने पार्टीका महासचिव बिष्णु पौडेलले बताए।
भोलि बस्ने बैठकमा प्रदेश कमिटीस्तरीय विशेष कमिटी गठनको एजेण्डा रहेको स्रोतले जनाएको छ । नेकपाले एकताका क्रममा हालसम्म जिम्मेवारी पाउन नसकेका केन्द्रीय सदस्यलाई जनसंगठन इञ्चार्ज र सहइञ्चार्ज बनाउने तयारी गरेको बुझिएको छ ।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी