नेकपाको चियापान कात्तिक १० गते भृकुटीमण्डपमा

नेपाल कम्युनिष्ट पार्टीले यस वर्षको दशैँ, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा आगामी कात्तिक १० गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ।

पार्टी एकतापछिको पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रममा रुपान्तरण गर्न पार्टीले तयारी गरेको छ। पार्टीका महासचिव विष्णु पौडेलको उपस्थितिमा आज पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा आयोजित बैठकमा व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नं ३ कमिटी, उपत्यकास्थित कमिटी र जनसङ्गठनलाई परिचालन गर्ने निर्णय गरेको बैठकमा सहभागी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए।

विगतमा तत्कालीन नेकपा (एमाले) र एनेकपा (माओवादी केन्द्र) ले अलग अलगरुपमा चाडपर्वका अवसरमा चियापानको आयोजना गर्दै आएकामा गत जेठ ३ गते दुई पार्टीको एकतापछि पहिलोपटक चियापान कार्यक्रम आयोजना हुन लागेको हो।

यसैबीच, पार्टीको मातहतका कमिटीको एकतालाई पूर्णता दिने, सरकार र पार्टीको समीक्षा गर्नेलगायतका विषयमा छलफल गर्न बुधबार बिहान नेकपाको सचिवालय बैठक बस्दैछ। सो बैठकले पार्टीले स्थायी कमिटीको बैठकको मिति र कार्यसूची तय गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक