नेकपाको एकता फुटाउने षड्यन्त्र भयो: प्रचण्ड

prachanda

काठमाडौं, २० असोज । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । पार्टी एकता उल्ट्याउने षड्यन्त्र भइरहेको आरोप लगाए पनि कसले यस्तो षड्यन्त्र गरिरहेछ भन्ने बारे भने उनी मौन बसे ।

शनिबार दशैंलगायतका चाडपर्वको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी भने दिन छुटाएनन् ।

उनले पार्टी संगठनहरुको एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको दावी गरे । उनले भने, ‘त्यसलाई छिट्टै पूर्णता दिइन्छ, आइतबार बस्ने सचिवालय बैठकले यसबारे निर्णय लिन्छ ।’

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सुदृढ बनाउने र पार्टीलाई एक्काइशौं शताब्दीको समाजवादी बाटोमा अघि बढाउने दृढता व्यक्त गरे ।

उनले एक फरक प्रसंगमा सरकारले कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताए । यसअघि उनले मन्त्रिपरिषद पुनर्गठनको समेत कुरा गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक