June 22, 2019

नेकपाकाे सचिवालय बैठक  निर्णयविनै स्थगित 

 २०७६ असार ७, प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निर्णय स्थगित भएको छ । राजनीतिक दस्तावेज, जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्ने भनिए पनि बैठकमा खास एजेन्डाको बारेमा प्रवेश हुन नपाउँदै बैठक स्थगित भएको बैठकमा उपस्थित एक नेताले जानकारी दिए ।

शनिबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले युरोप भ्रमणबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको युरोप भ्रमणको बारेमा जानकारी क्रममा बढी समय लागेको हुनाले बैठकमा खास विषयको निर्णय हुन नसकेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका हुन् । प्रधानमन्त्री ओली युरोप भ्रमणबाट फर्किएपछि यो पहिलो सचिवालयको बैठक हो । 

बैठक जारी हुँदै गर्दा प्रधानमन्त्री ओली मुस्लिम समुदायको रमदानसम्बन्धी कार्यक्रममा जानु पर्ने भएपछि बैठक स्थगित भएको हो । अर्को बैठक गृहकार्यसहित बस्ने सहमती भए पनि कहिले बस्ने भन्ने मिति तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी