नीति छाडी नाता, दाता र भ्राता हेर्ने प्रवित्तिका कारण कांग्रेस पराजित खतिवडा

काठमाडौं, १ पुस । आम निर्वाचनमा नेपालको एउटा बलियो पार्टी नेपाली कांग्रेसको अप्रत्यासीत हारपछि विभिन्न कोणबाट समिक्षा हुने गरेको छ । कांग्रेस नेतृत्वको असक्षमता र विभिन्न राजनीतिक नियुक्तिका विवादमा फँसेका कारण उसको चुनावमा तुवाँलो लागेको पनि चर्चा छ । कांग्रेस पराजित हुनुका कारण यतिमात्र होइन भन्छन् युवा नेता रामहरि खतिवडा । कांग्रेसमा प्रतिनिधि सभामा ओेखलढुङ्गामा उनी पराजित भएका थिए ।

नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारसँग ५ हजार बढि मतले पराजित खतिवडाको आफ्नो पराजयको मुख्य कारण भने गठबन्धनको मत नै ज्यादा हुनु रहेको बताउँछन् । माओवादीको ९ हजार बढि मतले एमालेको जीत भएको बताएका खतिवडा देशव्यापी रूपमा कांग्रेस पराजितको मुख्य कारण भने नेताको नीति छाडी नाता, दाता र भ्राता हेर्ने प्रवित्ति भएको टिप्पणी गर्छन् ।

कांग्रेसको केन्द्रिय समितिमा देशैभर अप्रत्यासीत हारको विषयमा केन्द्रिय समितिमा गलत प्रवित्ति र शैलीका विषयमा जोडदार कुरा उठाउने तयारी गरेका खतिवडाका अनुसार नीति भन्दा नेताको प्रवित्ति बढेर गएका कारण कांग्रेस पराजित भयो । ‘कांग्रेसले कहिले पनि आत्मसमिक्षा गरेन । नेतृत्वमा नाता, नातापछि दाता र त्यसपछि भ्रातावाद हावी भयो । यसरी पार्टीको जीवन कहिले राम्रो हुन्थ्यो ? यस विषयमा केन्द्रिय समितिमा कुरा उठाउँछु ।’, उनी भन्छन्,‘यहि प्रवित्तिको सजाय पाएको हो, कांग्रेसले । ठूला ठूला नेताको हारको कारण के हो ? प्रवित्ति होइन ?’

कतिपय स्थानमा नेताका दम्भका कारणले पनि पार्टीलाई घाटा भएको उनको बुझाई छ । गठबन्धनमा सहयोग गर्नुपर्ने र रिजल्ट आउने ठाउँमा नेताको जबरजस्तीले पनि घाटा भएको बताउँदै खतिवडा भन्छन्,‘कृष्ण सिटौला जी किन उठ्नुपरेको ? त्यसले लोकतान्त्रिक गठबन्धनलाई घाटा भएन ?’

कतिपय स्थानमा नेतृत्व चुनावी परिणामका लागि प्रचारमा नजाँदा कांग्रेस पराजयको बाटोमा लागेको बताएका खतिवडाका अनुसार भाग खोज्ने तर पार्टीको जीवनका लागि समर्पण नगर्ने नेताका कारणले पनि पराजय भोग्न कांग्रेस बाध्य भयो । ‘रामचन्द्र पौडेल जीलाई सरकार, मन्त्री, पार्टीको नेतृत्वमा भाग चाहिने । ६० र ४० को कुरा गरेर हैरान पार्ने । यो हारको ४० प्रतिशतको हिस्सेदारी उहाँको हो की होइन ? पार्टी जीताउन शतप्रतिशत मिहेनत गर्नुपर्छ भन्ने जानकारी उहाँलाई थिएन ?’, खतिवडाको प्रश्न छ,‘सरकारमा हुँदा मेरो भागमा यति मन्त्री भन्नेले पार्टीको पराजयको भाग पनि लिनुपर्छ । दोष एकजनालाईमात्र देखाएर हुन्छ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल