निशान भट्टराईले गाए छक्का पञ्जा ३ को दोस्रो गीत (भिडियोसहित)

‘छक्का पञ्जा ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । ‘पछि उमेर ढल्किन्छ पछि कालै पल्किन्छ’ बोल रहेको उक्त गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको छ । गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा दीपिका र दीपकको जोडी कमालको देखिएको छ ।

दीपाश्री निरौला निर्देशित यस फिल्मको खातामा अर्को हिट नम्बर थपिने पक्का छ । संगीतपक्षकै कारण उक्त फिल्मको दुई सिरिजले बक्सअफिसमा आक्रामक इनिसियल व्यापार गर्न सफल भएको थियो । ‘पछि उमेर ढल्किन्छ…’ का कारण छक्का पञ्जा ३ लाई पनि ठूलो फाइदा हुने अनुमान गरिएको छ ।

गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ लगायत छन् ।

‘छक्का पञ्जा ३’ को पहिलो गीत ‘पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड बढी भ्यूअर्सु बटुल्दै रेकर्ड राखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको