निर्वाचन घोषणा भएलगत्तै चीनबाट आयो यस्तो सन्देश

2017-02-21_1931काठमाडौँ, १० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज बिहान उहाँकै निवास बुढानिलकण्ठमा नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटघाट गर्नुभएको छ । दैनिक नेपालमा खबर छ |

नेपाल र चीनबीचको आपसी सहयोग र सदभावपूर्ण सम्बन्ध तथा समसामयिक विषयमा भेटघाट केन्द्रित भएको भेटपछि काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

भेटका अवसरमा राजदूत होङले नेपालमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकोमा खुशी व्यक्त गर्दै नेपालको पर्यटन, कृषि, विद्युत लगायतका क्षेत्रमा विकासका लागि सहयोग पुर्याउन चीन इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो ।

उक्त अवसरमा सभापति देउवाले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेकाले स्थानीय तहको निर्वाचन गरिनु अपरिहार्य रहेको बताउँदै संविधान संशोधनका लागि संसदमा पेस भएका संशोधन प्रस्ताव पारित हुने र तराई केन्द्रित दलहरुको भावनासमेत सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको हार्दिक सह्राना पनि गर्नुभएको मुख्यसचिव पौडेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा