निर्मला हत्या प्रकरणः छानविन समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझायो

काठमाडौँ, असोज ९ ।बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको घटनाबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानविन समितिले अनुसन्धानको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

१३ वर्षीया पन्तको हत्या प्रकरणबारे अनुसन्धान गर्न गृहमन्त्रालयद्धारा गठित छानबिन समितिले एक महिना लामो अनुसन्धानपछि मंगलबार गृहमन्त्री राम बहादुर थापालाई प्रतिवेदन बुझाएको हो ।

निर्मला हत्या प्रकरणको अनुसन्धानमा खटिएका प्रहरीले नै लापरबाही गरेपछि अनुसन्धान विवादास्पद बन्दै गएको थियो । सोही अनुसन्धान पूरा गर्नका लागि सरकारले भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो ।

१५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनुपर्ने भनिएपनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो। समितले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित