निर्मला प्रकरणः गृहमन्त्रीको राजीनामा माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन

 

काठमाडौं, असोज १८ ।निर्मलाका निम्ति न्यायको माग गर्दै सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरिएको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको कञ्चनपुर दोषीलाई कारबाही गरी निर्मलालाई न्याय दिलाउन माग गर्दै सिंहदरबार अगाडी प्रदर्शन गरिएको हो ।

सरकारले निषेधित क्षेत्र घोषणा गरेको सिंहदरबारको दक्षिणी गेटमा न्यायका लागि युवाहरु जुटेका हुन् ।

घटना घटेको ७० दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै सरकारले निषेधित क्षेत्र घोषणा गरेको सिंहदरबारको दक्षिणी गेटमा न्यायका लागि युवाहरु जुटेका हुन् ।

प्रदर्शनकारीहरुले गृहमन्त्री रामबहादुर थापा बादल र आइजिपी सर्वेन्द्र खनालले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै राजीनामा माग समेत गरेका छन् । प्रदर्शनकारीले हामी न्याय चाहन्छौं, अपराधीलाई कारबाही गर, गृहमन्त्री जवाफ दे, आइजिपीलाई बिदा गर लगायतका नारा लगाएका थिए ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मलाको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो । निर्मलाका निम्ति न्यायका लागि देशैभरी प्रदर्शन भइसकेका छन् । निर्मला प्रकरणको अनुसन्धान गर्न बनेको उच्चस्तरीय छानविन समितिले पनि गृहमन्त्रीलाई प्रतिवेदन पेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक