‘निर्मलालाई हत्या गर्नेले प्रमाण नष्ट पार्न खोजे, प्रहरीले पनि नष्ट गरेको छ’

nirmala_pant_nsbBy9nF9a

असोज २, निर्मला पन्त हत्या भएको ५३ दिनसम्म प्रहरीले अनुसन्धान गर्दा अपराधीबारे सुइँकोसमेत पाउन सकेको छैन।निर्मलाको बलात्कार र हत्या शव फेला परेको ठाउँमै भएको हो वा अन्य कुनै स्थानमा भएको हो भन्नेमा समेत प्रहरी अनुसन्धानले निक्र्योल निकाल्न सकेको छैन। बलात्कार र हत्यामा कति जना संलग्न थिए भन्नेमा प्रहरी अनभिज्ञ छ।
निर्मला पन्त घटनाको छानविन गरिसकेको उच्च्सतरीय छानविन समिति निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन । 

अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपुर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानविन समितिको छ । 

हत्या गर्ने मान्छेले प्रमाण नष्ट पार्न खोजेको छ, बाँकी रहेका प्रमाण प्रहरीले नष्ट गरेको छ, उच्चस्तरीय छानविन समितिका संयोजक हरिप्रसाद मैनालीले भने, प्रहरीले दोषी बचाउन नियतवश प्रमाण नष्ट गरेको हो कि भुलवश भन्नेमा हामी निष्कर्षमा पुग्न सकेका छैनौँ, । अब बनेको अनुसन्धान समितिले त्यो कुरा पत्ता लगाउने उनको भनाई छ ।
 
घटनास्थलमा फिंगर प्रिन्ट, रौँ, रगत र विर्यलगायतको कुनै पनि प्रमाण संलग्न भएको छैन । 
प्रहरीले नियतवश सबै प्रमाण नष्ट गरेको भएमा भेजिनल स्वाबको नमुना पनि विश्वसनीय नहुनेमा छानविन समितिभित्रै सदस्यले आवाज उठाएका छन् ।

त्यतिबेला अनुसन्धानमा खटिएका प्रहरी टोलीले सबै प्रमाण नष्ट गरेकाले डिएनएका लागि संकलन गरिएको भनिएको भेजिएनल स्वाबको नमुनामा विश्वास गर्ने ठाउँ छैन, एक सदस्यले भने, त्यो नमुना कसरी र कहाँबाट ल्याइयो भन्ने थाहा छैन । छ ईन्च पानी जमेको ठाउँमा टोप्टो पारेर शव फालिएको थियो । 

तयो शवको भेजिनामा पानी पसेर स्पर्म पदालिएन भनेर कसरी विश्वास गर्ने उनले भने । धेरै कुरा जेलिएकाले निर्मलाको हत्या शक्तिशाली व्यक्तिले गरेर योजनाबद्ध ढंगले सबै प्रमाण नष्ट गरेको उनले बताए । , आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण