November 29, 2018

निर्मलाको हत्यापछिका तीन महिनामा झन्डै ६ सय बलात्कार

काठमाडौं, मंसिर १३ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्यापछिका तीन महिनामा देशभर ५९० बलात्कारका घटना भएका छन्। 

गृह मन्त्रालयले संघीय संसदको महिला तथा बालबालिका समितिमा प्रतिवेदन बुझाउँदै बलात्कार घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको हो। 

साउन, भदौ र असोज महिनामा ५९० वटा बलात्कारका घटना भएको गृहको प्रतिवेदनमा उल्लेख छ। गृहले सो प्रतिवेदन दुई दिनअघि समितिमा बुझाएको थियो। 

यसै अवधिमा जबरजस्ती करणी उद्योगका २५७, अप्राकृतिक मैथुनका १०, मानव बेचबिखन, जबरजस्ती करणी १ र अपहरणपछि जबरजस्ती करणी १ घटना भएका छन्। 

गत आर्थिक वर्षमा १४८० वटा बलात्कार घटना भएका थिए। जबरजस्ती करणी उद्योगका ७२७, अप्राकृतिक मैथुनका २४, मानव बेचबिखन तथा जबरजस्ती करणीका १० र अपहरण तथा जबरजस्ती करणीका २३ घटना भएका थिए। 

तीन महिनामा भएका बलात्कार घटनामा ८१४ जना पक्राउ परेका छन् भने १७४ जना फरार भएका छन्। यो अवधिमा ३३२ मुद्दा फर्स्यौट भएका छन्। ५२७ मुद्दा  फर्स्यौट हुन बाँकी छन्। 

महिला तथा बालबालिका समितिले निर्मला पन्तको हत्या अनुसन्धानको प्रगति मागेपछि गृह मन्त्रालयले समितिमा प्रतिवेदन पेश गरेको थियो। 

पन्तको असार ११ गते बलात्कार–हत्या भएको थियो। गृहले पन्त बलात्कार–हत्यामा शंकास्पद दिलीपसिंह बिष्टलाई पक्राउ गरेको थियो। अदालतले उनलाई साधारण तारेखमा छोडेको थियो। 

निर्मलाका साथी बबिता र अनिता बमलाई पक्राउ गरिए पनि सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै छोडेको थियो। त्यसपछि प्रहरीले घटना अनुसन्धान सिलसिलामा २५५ जनालाई पक्राउ गरेको गृहले जनाएको छ। 

गृहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको छानबिन समितिले प्रारम्भिक घटना अनुसन्धानमा लापरबाही गरेको भनी दुई प्रहरी नायब उपरीक्षकसहित केही प्रहरीलाई छानबिन गरिरहेको छ।

प्रहरी अतिरिक्त महानिरीक्षक धिरू बस्नेत नेतृत्वको समितिको सिफारिसमा पन्त बलात्कार–हत्यामा लापरबाही गर्ने प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृहले बर्खास्त गरेको छ। 

प्रहरी बर्खास्त भइसकेपछि पन्तको हत्या अनुसन्धान अहिले शून्य अवस्थामा छ। प्रहरीले अनुसन्धान गरिरहेको भए पनि नयाँ तथ्य फेला परेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ