बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको भेजिनल स्वाव सुरक्षित राख्न निर्देशन दिएको छ ।
मानव अधिकार आयोगले प्रहरी प्रधान कार्यालयलाई बिहीबार एक पत्र लेख्दै निर्मला पन्तको घटनामा संकलित भेजिनल स्वाबका नमुनाहरु र सो नमुनाबाट पृथकिकरण डिएनए लगायतका प्रमाणहरु सुरक्षित राख्न निर्देशन दिएको हो ।
आयोगले बिहीबार चिकित्सीय जाँच र प्रमाणहरुको वैज्ञानिक परीक्षणको राय सुझाव बारेमा विज्ञहरुसँगको छलफल गरेको थियो । डिएनए टेष्ट शंकास्पद लागेकाले थप परिक्षणका लागि आयोगले यस्तो निर्देशन दिएको हो ।
गृहमन्त्रालयले निर्मला प्रकरणबारे अनुसन्धान गर्न गठन गरेको छानविन छानविन समितिले तयार पारेको प्रतिवेदनले पन्तको हत्या घटनासँग सम्बन्धित प्रमाण सङ्कलनमा खटिएका प्रहरीको लापर्वाही रहेको निष्कर्ष निकालेको थियो ।
शव बरामद भएको स्थान, निजले प्रयोग गर्ने साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र ती सामग्री प्राप्त भएको स्थान तथा आसपासका क्षेत्रमा अपराधीको पहिचानका लागि प्रयोग हुनसक्ने गरी तालीमप्राप्त कुकुरको प्रयोग नभएको, शव फेला परेको स्थान र आसपासको क्षेत्रका तत्काल पर्याप्त मात्रामा तत्कालीन प्रहरी प्रमुखले सुरक्षाकर्मी परिचालन नगरेको प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।